• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

माघे संकान्तीमा रिडी मेला र राडीपाखीको व्यापार 

पाल्पा । नेपालको चार धाम मध्येको एक रुरु क्षेत्र धाम रिडीमा यसवर्ष माघे संक्रान्ती मेला लागेको छैन । तर हिन्दु धर्मवालम्बीहरुको आस्थाको केन्द्रको रुपमा रहेकोे ऋषिकेश मन्दिरको दर्शन गरि कालीगण्डकी नदीमा स्नान गर्नका लागि भने भक्तजनको उपस्थिती देखिएको छ ।

विगतका वर्षहरुमा देशका विभिन्न स्थानसंगै भारतबाट समेत बाक्लो मात्रामा भक्तजनको उपस्थितीमा माघे संक्रान्ती मेला लाग्दै आए पनि यसवर्ष भने कोरोना महामारीका कारण कुनै  मेला लाग्न सकेको छैन । जस्का कारण व्यापारी रुपमा लाग्ने मेलाहरु नहुँदा रिडी बगर शून्य नै भएको छ ।

खासगरी माघे संक्रान्तीका अवसरमा स्थानीय उत्पादन सुपा, डाला, लगायतका हस्तकलाका सामाग्रीले बजार पाउने रिडी क्षेत्रमा यसवर्ष भने त्यस व्यापारीको संख्यामा समेत कमी आएको छ । विगतदेखि हरेक वर्ष हिमाली जिल्लामा उत्पादन हुने राडीपाखी, कम्मल लगाउतका बस्तुको राम्रो व्यापार हुदै आएको भएपनि यसवर्ष भक्तजनको कमी आएसंगै व्यापार समेत नभएको उनीहरुको गुनासो छ ।

मुस्ताङदेखि कम्मल व्यापार गर्न पुषको २९ गते नै रिडी पुगेका सूर्य गुरुङले रिडीमा व्यापार नभएपछि जिल्ला सदरमुकाममा कम्मल व्यापार गर्नका लागि डुल्नुपरेको बताए ।

विगतका वर्षहरुमा दर्जनबढीको समूहा कम्मल बेच्न आउने उनीहरु यसवर्ष भने ५ जनाको टोली आएपनि मेला नलाग्ने भएसंगै व्यापार पनि नभएको गुरुङले बताए ।

..................................

संक्रान्तीमा हुने व्यापारको महत्वः

करिब दुई सताप्दी अघि तिब्बत हुँदै भारतसम्म नुन लिन जाने प्राचिन बाटोको रुपमा यो सडकको विकास भएके थियो । जुन समयमा यातायातको सुविधा नएका कारण महिनौंसम्म घोडा, खच्चरबाट यात्रा गर्नुपर्ने र खाद्यान्न तथा दैनिक उपोभोग्य बस्तुको ओसार–प्रचार गरिन्थ्यो । त्यस समयमा नेपालकै चार धाम मध्येको एक पवित्र धार्मिक स्थल भएक कारण रिडी अर्थात रुरु क्षेत्रधाममा ३,४ महिना सम्म पनि मेला लाग्ने भएकोले देशका विभिन्न स्थानमा उत्पादन हुने यात्रा सामाग्रीको व्यापारका लागि रिडी नै उत्तम मानिएको इतिहासमा देख्न पाईन्छ ।

सेन बंककालीन राज्य संचालनको अवस्थामा रिडी, तानसेन रामपुर हुँदै त्रिवेणी धाम र देवघाटसम्म पनि महिनौं सम्म् मेला लाग्ने भएकाले व्यापरीहरु आफ्ना उत्पादनको वित्रmका लागि रिडीमा आउने गरेको  इतिहासका जानकार निर्मल श्रेष्ठले समाचार दैनिकलाई बताए । धार्मिक आस्थाको केन्द्रको रुपमा रहेको शिला सालिग्राम समेत भटिने कालीगण्डकीमा स्थान गर्न आउने भक्तजनले सोही स्थानमा व्यापारका लागि राखिने स्वदेशी उत्पादनको खरिद गर्ने प्रचलन रहेका कारण अहिलेसम्म पनि माघे संक्रान्तीका अवसरमा त्यस्ता वस्तुहरुको व्यापारले निरन्तरता पाएको छ ।

तर पछिल्लो समय भने घरेलु उत्पादनमा कमी आएसंगै आधुनिक सामाग्रीको प्रयोग बढ्नु र उत्पादन लागतसंग बजारमूल्य धेरै पर्न जाने भएका कारण पनि घरेलु उत्पादनको बजारीकरणमा समस्या भएको छ । केही पाका पुराना मानिसहरुले घरेलु उत्पादनका सामाग्रीको प्रयोग गरेतापनि विगतको तुलनामा पछिल्ला वर्षहरुमा यस्ता सामाग्रीको उत्पादन र प्रयोग दुवै घटेको पाइन्छ ।

..........................................

किन आउछन त हिमालदेखि व्यापारका लागि रिडीः
हिमाली जिल्लामा उत्पादन गरिने राडी, पाखी, चकटी लगायत खाद्यान्नमा ओखर, घाँजी,चाकुको रिडी मेलामा विशेष रुपमा व्यापार हुँदै आएको पाईन्छ । विगतदेखि नै नेपाललाई तिब्बतसंग जोड्ने शिल्क रोकको रुपमा विकास भएको बजार क्षेत्र जुन रिडी क्षेत्रमा पर्ने र माघे संकान्तीलाई यस भेगमा विशेष रुपमा मनाउने हुँदा व्यापारका लागि देशभरका मानिसहरु रिडीमा आउने गरेको पाईन्छ ।

विगतमा आधुनिक वस्तुहरुको उत्पादन नहुँने हुँदा आफूसंग भएका सामागी बेच्ने र सोही स्थानमा आफ्ना लागि आवश्यक सामाग्री किन्ने प्रचलनबाट सुरु भएको रिडी मेला अहिलेसम्म पनि निरन्तर रुपमा चल्दै आएको छ । माघ महिनामा चिसो हुनेभएका कारण पनि हिमाली जिल्लाका उत्पादनलाई पहाड र तराईका मानिसहरु बिच पुर्याउनका लागि उनीहरुको उपस्थिती रहने गरेको पाईन्छ। पछिल्ला वर्षहरुमा आधुनिक सामाग्रीको प्रयोग बढेपनि पुराना र घरेलु उत्पादनबाट बनेका कम्मल, राडी र पाखीले निकै न्यानो हुने हुँदा पनि यस्को महत्व नघटेको चितवनदेखि रिडी आएका हरी नारायण सुवेदीले
बताए ।

उनले आफू हरेक वर्ष रिडी मेला आउन सम्भन नभए पनि आएको समयमा स्थानीय उत्पादनको खरिद गर्ने बताए ।

विगतका वर्षहरुमा सास्कृतिक महोत्सव नै संचालन गरेर रिडीमा मेला लगाइदै आएको भएपनि यसवर्ष भक्तजनहरुको मात्रै उपस्थितीमा कालीगण्डकी सजिएको छ । अन्य कार्यक्रम नभएपनि आज विहानैदेखि श्रदालु भक्तजनको बाक्लो उपस्थिती रहेको ऋषीकेश मन्दिरका पण्डित चुरामणि तिमिल्सिनाले बताए । 

जेठी माईली र कान्छी गरि तीन दिनसम्म कालीगण्डकीमा स्नान गरेर ऋषीकेश मन्दिरको दर्शन गरेमा मोक्ष प्राप्त हुने विश्वास रहेका कारण आजदेखि ३ दीनसम्म स्नान गर्ने भक्तजनको उपस्थिती रहनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर