नवनिर्वाचित राष्ट्रपति बाइडेनको सपथ ग्रहण समारोहमा लेडी गागाले राष्ट्रगान गाउने

एजेन्सी । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको सपथ ग्रहण समारोहमा गायिका लेडी गागाले राष्ट्रगान गाउने  र जोनिफर लोपेजले आफ्नो सांगितिक प्रस्तुति दिने भएका छन् । 

भारतीय मिडियाका अनुसार जनवरी २० मा हुने सो सपथ ग्रहण समारोहमा लेडी गागाले अमेरिकी राष्ट्रगान गाउनेछिन् भने लोपेजले आफ्नो सांगितिक प्रस्तुति दिनेछिन् ।

लेडी गागा यस पटक राष्ट्रपति चुनावमा बाइडेनको क्याम्पियनको हिस्सा थिइन् । अमेरिकी चुनावको एक दिन अगाडी गागा बाइडेनको साथमा देखिएकी थिइन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर