रिकेशको आवाजमा ‘तिमी नै तिमी’ गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । ‘के माया लाग्छ र ?’, ’तीनपाते’ र ‘याक्थुङ्मा कान्छी’ को सफलता पछि आर्टमाण्डुले ‘तिमी नै तिमी’ बोलको गीत सार्वजनिक गरेको छ ।  रिकेश गुरुङ्गको शब्द, स्वर र संगीत रहेको उक्त गीत गत साता सार्वजनिक गरिएको हो । 

गीतको बारेमा आफ्नो धारणा राख्दै गायकर संगीतकार रिकेश गुरुङ्गले भने, –बजारमा चल्दै आएका अन्य प्रेम–भाव बोकेका गीत भन्दा ‘तिमी नै तिमी’ किन फरक छ भने यसमा मैले शास्त्रिय संगीतका केही पक्ष छुने जमर्को गरेको छु ।  मलाई आशा छ यो कोशेली दर्शकर श्रोताहरुले पक्कै मन पराउनुहुनेछ । ’

यस गीतमा शहरी परिवेशको प्रेम–भाव झल्काइएको छ, जसमा अञ्जना बरैली र दिपक घिमिरेको  अभिनय देख्न सकिन्छ। बरैली ज्वेलरी शपले निर्माण गरेको गीतको भिडियो रुपेश थापाको छायांकनमा नितिन चन्दले निर्देशन गरेका हुन्।  

 

 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर