• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

प्रधानमन्त्रीकप क्रिकेटमा आर्मीले दियो  २ सय ८८ रनको लक्ष्य

काठमाडौँ ।  आज बाट सुरु भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट कप प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेश विरुद्ध २ सय ८८ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपूर स्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ्ग गरेको आर्मीले पुरै ५० ओभर खेल्दै ६ विकेट गुमाएर २ सय ८७ रनको योगफल तयार गरेको हो ।

आर्मीका लागि कप्तान विनोद भण्डारीले १सय रनको सतक बनाएका छन् । उनले पाँच छक्का र ९ चौकाको मद्दतमा ७६ बल खेल्दै १ सय ११ रनको सर्वाधिक स्कोर तयार गरेका हुन् । राजु रिजालले ४५ रन बनाए भने लोकेश बमले ४२ त्यस्तै राजेश पुलामीले ३८ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान खासै जम्न सकेनन् । बलीङ तर्फ गण्डकीका विपिन खत्री र विशाल पौडेलले २–२ विकेट लिएका छन् भने दिपेश खत्री र चन्द्र पौडेलले १–१ विकेट लिएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर