• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

मध्यपुरथिमिमा विद्यालय आइतबारदेखि सञ्चालन हुने

भक्तपुर । काठमाडौं उपत्यका बाहिरका विद्यालयहरुले औपचारिक रुपमा पढाइ नै सुरु गरेपछि काठमाडौं उपत्यकाका विद्यालयहरु पनि संचालनमा ल्याउन थालिएको हो । कोरोना ‘कोभिड–१९’ आतंकका कारण बन्द भएका मध्यपुरथिमि नगरपालिकाका विद्यालयहरु आइतबारदेखि संचालनमा आउने भएका छन् । 

मध्यपुरथिमि नगरपालिकाले नगरभित्रका विद्यालयहरु संचालनमा ल्याउने निर्णय गरेको हो । 

मध्यपुरथिमि नगर शिक्षा समितिको गत सोमबार बसेको बैठकले नेपाल सरकारद्वारा जारी विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा–२०७७ अनुसार स्वास्थ्य मापदण्ड पूरा गर्दै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

नगर शिक्षा समितिको माघ ४ गतेको निर्णय अनुसार आइतबारदेखि विद्यालय सञ्चालनमा आउन लागेको नगर शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख ज्ञानेन्द्र वनले जानकारी दिए । यसका लागि मध्यपुरथिमि नगरपालिकाले ७ बुँदे निर्देशिकासमेत जारी गरेको छ ।

कोरोना भाइरस संक्रमणका न्युनिकरणका लागि आवश्यक सावधानी अपनाउँदै विद्यालय संचालन गर्न निर्देशन दिएको बताइएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर