• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

ट्रम्पले व्हाइट हाउसबाट जाँदा–जाँदै दुई चिनियाँ कम्पनीमाथि प्रतिबन्ध लगाए

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा साओमी कम्पनीका उत्पादनलाई प्रतिबन्ध लगाएका छन् । 

राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ कम्पनी चाइना नेशनल आफ्सोर ओइल कर्पोरेसन र मोबाइल फोन निर्माता कम्पनी साओमीलाई प्रतिबन्ध लगाएका हुन् ।

चीनप्रति सधैँ द्वेशपूर्ण भाव राख्ने राष्ट्रपति ट्रम्पले जाँदाजाँदै चीनलाई अर्को झट्का दिएका छन् ।

यहि जनवरी २० तारिखमा राष्ट्रपति ट्रम्पको कार्यकाल सकिँदैछ । जनवरी २१ देखि नवनिर्वाचित राष्ट्रपति जो बाइडनले आफ्नो कार्यभार सम्हाल्दैछन् ।

यसअघि ट्रम्पले चिनियाँ भिडियो एप्लिकेसन टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने निर्णय गरेका थिए ।

प्रतिबन्धपछि अमेरिकी वाणिज्य मन्त्रालयलाई चीनबाट प्रतिबन्धित सामग्री आयातमा रोक लगाउन निर्देशन दिइएको छ । राष्ट्रपति ट्रम्पले सुरक्षा खतराको नाममा उक्त प्रतिबन्ध लगाएका हुन् ।

गत वर्षको नोभेम्बरमा एप्पललाई पछि पार्दै साओमी विश्वको तेश्रो ठूलो स्मार्टफोन कम्पनी बनेको थियो । आफ्नो देशमा साओमी र चिनियाँ कम्पनीले प्रभाव घटाउनका लागि अमेरिकाले चिनियाँ मोबाइल कम्पनीमा प्रतिबन्ध लगाएको हो ।

यस्तै आफ्नो देशको उत्पादन ‘एपपल’लाई माथि देखाउनका लागि पनि अमेरिकाले साओमीलाई प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर