एनआईबीएल एस क्यापिटल शनिवार पनि खुल्ने 

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को आईपीओ निष्कासन तथा विक्री प्रबन्धकको जिम्मा पाएको एनआईबिएल एस क्यापिटल लिमिटेड शनिवार पनि खुला रहने भएको छ । शुक्रबार मात्रै निफ्राले आइपीओ सार्वजनिक गरेपछि आईपीओ भर्न सजिलो होस् भनेर शनिबार पनि एनआईबिल एसका सम्पूर्ण शाखाहरु खुला रहने जनाएको छ । 

शनिबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सेवा दिने लिमिटेडको सूचनामा उल्लेख छ ।

सो अवधिमा डिम्याट खाता खोल्न तथा नविकरण गर्ने, मेरो शेयरका लागि फारम भरेर दर्ता गर्ने र नविकरण गर्ने सेवा उपलब्ध हुनेछन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर