• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

चुनावको विकल्प छैन: मन्त्री रायमाझी

बुटवल । उर्जामन्त्री टोपवहादुर रायमाझीले अब निर्वाचन बाहेक अर्को विकल्प नभएको बताएका छन् । रिपोर्टस क्लवले बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले संसद पुर्नस्थापनाको बाटो भन्दा चुनाव नै उपयुक्त भएको दावी गरे । 

उनले विवाद समाधान गर्न नखोज्ने र पार्टी समाल्न नसक्नेले आन्दोलनबाट पार लगाउन नसक्ने पनि जिकिर गरे । विकास र सम्वृद्धिको एजेण्डामा मुलुक अगाडी बढेका बेला आन्दोलन थालिएको भन्दै अहिले थालिएको आन्दोलनको औचित्य पुष्टी हुन नसक्ने जिकिर पनि उनले गरे । त्यस्तै प्रतिपक्ष चुनावदेखि डराएको आरोप पनि उनले लगाए ।

विवादमा रहँदै आएको एमसीसीका बारेमा छिटो निर्णयमा पुग्नुपर्नेमा मन्त्री रायमाझीले जोड दिए । एमसीसी राष्ट्रहित विपरित छ भने सच्चाएर लागु गर्नुपर्ने र त्यसो गर्न सकिदैन भने खारेज गरेर भएपनि अगाडी बढ्नुपर्ने उनले बताए । 

उनले विद्युत् उत्पादन बढ्दै गएको तर विस्तार गर्न ट्रान्समिसन लाइन नभएकाले अब एमसीसीबारे निर्णय लिइहाल्नुपर्ने बताएका हुन् । आगामी जेठसम्म ५० मेगाबाट र भदौसम्म ५ सय मेगावाट विद्युत् बढी हुने भए पनि ट्रान्समिसन लाइन विस्तार नहुँदा त्यसलाई बेच्न सक्ने आधार तयार नभएको विद्युत क्षेत्रको काम थाल्न ढिलाइ गर्न नहुने धारणा राखे । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर