• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

चीनसँगको व्यापार युद्धका कारण अमेरिकामा दुई लाख ४५ हजारले रोजगार गुमाए

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीनसँगको व्यापार युद्धका कारण अमेरिकामा दुई लाख ४५ हजार जनाले रोजगार गुमाएको एक अध्ययनले जनाएको छ । 

तर दुवै पक्षबाट करमा विस्तारै वृद्धिले विकासमा तीव्रता र सन् २०२५ सम्ममा अतिरिक्त १४५ हजार रोजगार बढ्ने युएस चाइना बिजनेस काउन्सिल(युएससिबिसी)को एक अध्ययनले जनाएको छ । 

यो समूहले चीनमा व्यावसाय गर्ने प्रमुख अमेरिकी कम्पनीहरको प्रतिनिधित्व गर्छ । विश्वको दुई ठूला अर्थव्यवस्थाका महत्वपूर्ण गिरावट आगामी पाँच वर्षमा अमेरिकी कुल घरेलु उत्पादन १.६ ट्रिलियन डलरभन्दा कम हुनसक्ने अध्ययनको अनुमान छ । जसका कारण सन् २०२२ मा अमेरिकामा ७ लाख ३२ हजार कम र सन् २०२५ सम्ममा ३ लाख २० हजार कम रोजगार पुग्नसक्ने बताइएको छ । 

नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको कार्यकाल सुरु हुन केही दिन बाँकी रहँदा उक्त अध्ययन सार्वजनिक भएको छ । अमेरिकी व्यापार नीतिको एक प्रमुख विश्लेषण सुरु भएको छ, जसमा ट्रम्पद्धारा लगाइएको दण्डात्मक अमेरिकी करमाथि डेमोक्र्याटिक सहयोगीका साथ परामर्श पनि भइरहेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर