• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

दिल्लीमा भएकाे परराष्ट्रमन्त्री सहभागी कार्यक्रममा नेपालको पुरानै नक्सा प्रयाेग

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली दुई देशबीच सम्बन्ध सुधारका लागि तीन दिने भारत भ्रमणमा छन् । भ्रमणका क्रममा नेपालको तर्फबाट सीमा विवादको विषयलाई मुख्य एजेण्डा बनाएर प्रस्तुत हुने भनिएपनि अन्तत सीमा विवादको विषयले संयुक्त आयोगको बैठकमा प्रवेश नै पाएन । 

बाेरु इण्डियन काउन्सिल अफ वर्ल्ड अफेयर्स (सप्रु हाउस)ले आयोजना गरेको कार्यक्रमdf मन्तव्य दिइरहँदा पछाडि राखिएको ब्यानरमा देखिएको नक्‍साले उनलाई गिज्‍याइरहेको थियो । सो नक्‍सामा नेपालको कालापानी, लिपुलेक र लिम्‍पियाधुरा भने गायब थियो । सो कार्यक्रमको ब्यानरमा नेपालको नयाँ नक्‍सा राख्‍नुको सट्टा पुरानै नक्‍सा राखिएको थियो । 

संविधान संसोधान गरेर नेपालको नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको चुच्चे नक्सा समेटेर राजनीतिक नक्सा जारी गरेपनि सो नक्सा विश्व समुदायसामु अझै पुर्याउन सकिएको छैन । बोरु भारतमा भएको कार्यक्रममा परराष्ट्र मन्त्री ज्ञवालीले पुरानो नक्सामा समर्थन जनाएर आफ्नो मन्तव्य दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर