• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

सीमा विवादको विषय बैठकको एजेन्डामै परेन, कोभिड १९ खोप दिने भारतको आश्वासन मात्रै

काठमाडौँ ।  नेपालले उच्च प्राथमिकता राखेको सीमा विवादको विषयले प्रवेश नै नपाइ नेपाल भारत संयुक्त आयोगको बैठक सकिएको छ ।  

भारतले गत नोभेम्बरमा नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि दुई देशबीचको सम्बन्धमा चिसोपना आएसँगै संबादहिनता रहेको थियो । त्यसको फलस्वरुप नेपालले संविधान संशोधन गरेर नयाँ नक्सासहितको निशान छाप समेत परिमार्जन गरेको थियो । कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नक्सा जारी गरेपछि दुई देशबीच स‌ंवादहितना झनै बढ्यो । नेपालले पटक पटक वार्ताको लागि पहल गरे पनि भारतले चासो दिएको थिएन । 

करिब सात महीनाको संवादहिनता पछि भारतको स्वतन्त्रता दिवश पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले नरेन्द्र मोदीलाई फोन गरेर शुभकामना दिएपछि छलफल अगाडि बढेको थियो । त्यसपछि शुरु भएको संवादको क्रमको निरन्तरतासँगै दुई देशबीचको संयुक्त आयोग बैठक बस्ने सहमति भयो ।

धेरैको अपेक्षा थियो नेपालले सीमा विवादको विषयमा भारतसँग वार्ता मार्फत हल गर्छ । तर भारतले सीमा विवादको विषयलाई छुट्टै संयन्त्र बनाएर हल गरिनुपर्ने अडान राखेपछि शुक्रबार भएको नेपाल-भारत स‌युक्त आयोगको बैठकमा सो विषय मुख्य एजेण्डा बन्न सकेन । बोरु परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पुरानै नक्सा समेटेर टाँगिएको ब्यानरको मुनी कार्यक्रममा सहभागिता जनाए । 

लामो समयदेखि अलपत्र प्रवुद्ध समूह (ईपीजी)को प्रतिवेदन र कोरोना भाइरसविरुद्धको खोप पनि नेपालको प्राथमिकता सूचीमा थिए । सो विषयले पनि बैठकमा प्रवेश पाउन सकेन । नेपाल भारत–संयुक्त आयोगको वैठकको आयोजक राष्ट्र भारतले जारी गरेको विज्ञप्तिमा सीमा विवादको विषयमा छलफल भएको कतै उल्लेख गरिएको छैन । विज्ञप्तिमा अन्य विषयझैं सीमा व्यवस्थापनको विषयमा कुरा भएको मात्र उल्लेख छ ।

वैठकलगत्तै एक सार्वजनिक कार्यक्रममा सहभागी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमा विवादबारे कुराकानी भएको र दुवै पक्ष वार्ता प्रक्रिया सुरु गर्न इच्छुक रहेको बताएका छन् । मोतिहारी अमलेखगञ्जसम्म पुगेको पेट्रोलियम पाइपलाइनलाई चितवनसम्म विस्तार गर्ने र सिलिगुडीदेखि झापासम्म नयाँ पेट्रोलियम पाइपलाइन विस्तार गर्ने मामिलामा दुवै पक्षबीच छलफल भएको मन्त्रालयले खुलाएको छ।

नेपाललाई कोभिड-१९ को भ्याक्सिन (खोप) उपलब्ध गराउने आश्वासन मात्र दिएको छ । भारतले छिमेकलाई केही खोप उपलब्ध गराउने तयारी गरिरहेको र त्यसमा नेपाल पनि सूचीमा रहेको जानकारी दिएको छ । परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठकमा कोभिड-१९ खोप विषयमा छलफल भएको र भारतले खोप उपलब्ध गराउने मुलुकको सूचीमा नेपाललाई राखेको आश्वासन दिएको हो ।

वार्तामा मात्र होइन, पहिलेदेखि नेपालले भारतलाई सकेसम्म छिटो खोप उपलब्ध गराउन आग्रह गर्दै आएको थियो । संयुक्त आयोगको बैठकपछि जारी वक्तब्यमा पनि भारतले खोप उलब्ध गराउने वाचा गरेको उल्लेख छ । सहभागीहरूले त्यसलाई आश्वासनको रुपमा बुझेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर