• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

प्रधानमन्त्री ओली चितवन आउने, स्वागत भन्दा विरोध धेरै !

चितवन । चितवनमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली आज आउने भएसगैँ बिहानै विरोध सुरु भएको छ । अनेरास्वीयू चितवन सम्बद्ध विद्यार्थीहरुले कालो विरोध पत्र सडक भरि फाल्दै र टायर बालेर विरोध गरेका छन् ।

नारायणगढ बजारसहित जिल्लाका ठाँउ ठाँउमा शान्तिपूर्ण तवरले कालोपत्रमा नारा सडकमा फाल्दै विरोध गरेका हुन् । सो क्रममा विद्यार्थीहरुले प्रतिनिधिसभा विघटन विरुद्ध नारा लेखिएका पर्चापम्पलेट समेत वितरण गरेका छन् । 

उनीहरु आँपटारी र गोन्द्रगंमा टायर बालेर नाराबाजीसहित विरोधमा उत्रिएका थिए । उनीहरु प्रधानमन्त्री ओलीको असंवैधानिक कद खारेज गर, प्रतिगामीहरु होसियार, पार्टी एकता जिन्दावाद लगायतका नारा लेखिएको कालो पत्र सडक भरि फालेका छन् । 

प्रधानमन्त्रीले भरतपुरका महत्वपूर्ण आयोजना सिटी हल र पुल्चोक–गोन्द्राङ सडक विस्तारको शिलान्याससगैँ जनसभा गर्न चितवन आउन लागेका हुन् । 

जनसभालाई प्रधानमन्त्री ओलीसहित, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा लगायतले सम्बोधन गर्ने तयारी छ ।  

यता प्रधानमन्त्री ओली आउने भएपछि स्थानिय प्रशासनले भरतपुरको विभिन्न चौकमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । नगरको सुरक्षा व्यवस्था निकै कडा बनाईएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर