नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँड आज 

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँड आज हुने भएको छ । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले कम्पनीको आईपीओ आज बिहान १० बजे बाँडफाँड गर्ने भएको हो ।

बैंकले कुल आठ अर्ब रुपैयाँबराबरको आठ करोड कित्ता सेयर बिक्री खुला गरेको थियो । जसमध्ये ०.२ प्रतिशत अर्थात् एक लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४० लाख कित्ता म्युचुअल फन्डका लागि छुट्ट्याइएको छ । बाँकी सात करोड ५८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।

कम्पनीको आईपीओमा १५ लाख ५० हजार ३२५ वटा आवेदनबाट १८ अर्ब रुपैयाँभन्दा माथिको आवेदन परेको थियो । जसमध्ये १४ लाख ७५ हजार आठ आवेदकको १६ करोड ७२ लाख १० हजार कित्ता आवेदन भरिफाइड भएको छ । 

कम्पनीको आईपीओ सात करोड ५८ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि बिक्री भएको हो । धितोपत्र निष्कासन तथा बाँडफाँड नियमावलीअनुसार सबैलाई बराबर बाँडफाँड गर्नुपर्ने व्यवस्था छ । यदि सबै आवेदकले ५० कित्ता वा सोभन्दा बढीको आवेदन दिए पनि सबै आवेदकले न्यूनतम ५० कित्ता सेयर पाउने देखिन्छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर