• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

राष्ट्रिय महिला लिगमा आर्मीको दोस्रो जित 

काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लबले राष्ट्रिय महिला लिग फुटबलमा दोस्रो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार रौतहटको चन्द्रपुर नगरपालिकालाई १०–० ले पराजित गर्दै आर्मीले दोस्रो जित निकालेको हो ।

आर्मीको फराकिलो जितमा शर्मिला थापा र रश्मी घिसिङले समान ४÷४ गोल गरे । यस्तै विमला चौधरी र सपना लामाले एक एक गोल गरे ।चन्द्रपुरविरुद्ध एकपक्षिय जित निकाल्ने क्रममा आर्मीले पहिलो हाफमा ४ गोल गर्दा दोस्रो हाफमा ६ गोल गर्यो । जितसंगै आर्मी लिगको दोस्रो स्थानमा उक्लिएको छ । आर्मीले ४ खेलमा ७ अंक जोडेको छ । चन्द्रपुर ४ खेलमा ३ अंक जोडेर लिगको छैटौं स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर