• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

नेपाल आर्मी क्लब प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा

काठमाडौं । त्रिभुवन आर्मी क्लब राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको दोस्रो सेमिफाइनलमा बागमती प्रदेशलाई ९४ रनले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो । अब आर्मीले उपाधिका लागि एपीएफ क्लबसँग खेल्नेछ । पुलिसलाई हराएर एपीएफ यस अघि नै फाइनल पुगिसकेको छ । फाइनल खेल शनिबार हुनेछ ।

आर्मीले दिएको २ सय ३० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बागमती ४० ओभर २ बलमा अलआउट हुँदै १ सय ३५ रनमा समेटियो । बागमतीका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४७ रन बनाए । यस्तै विपिन आचार्यले २३ रन जोड्दा आदील खानले १० रन जोडे । नन्दन यादवले अविजित २२ रन जोडे ।

बागमतीलाई सस्तैमा समेट्न आर्मीका  जितेन्द्र मुखियाले ४ विकेट लिए । सुशन भारी र  बिक्रम शोबले ३–३ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा अलआउट हुँदै २ सय २९ रन बनाएको थियो । आर्मीका लागि राजेश पुलामीले ६५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै भिम सार्कीले ४० रन जोड्दा बिक्रम सोबले ३५ रन बनाए । लोकेश बम २३ रनमा आउट हुँदा सुशन भारीले १६ र कप्तान विनोद भण्डारीले १० रन बनाए ।

बागमतीका गौतम केसीले ५ विकेट लिए । राम नरेश गिरि, नन्दन यादव, तिलक भण्डारी र विपिन आचार्यले १÷१ विकेट लिए । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने छन् । सेमिफाइनलमा पुग्ने टिमले ५०÷५० हजार पाउने छन् । प्लेयर अफ दि सिरिजले ५० हजार प्राप्त गर्नेछन् । उत्कृष्ट ब्याट्सम्यान र बलरले समान २५(२५ हजार पाउने छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर