• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

अस्ट्रेलियाबाट आफ्नो सर्च इन्जिन सेवा हटाउने गुगलको चेतावनी

एजेन्सी । विश्वको सर्वाधिक लोकप्रिय सर्च इन्जिन गुगलले अस्ट्रेलियाबाट आफ्नो सर्च इन्जिन सेवा हटाउने चेतावनी दिएको छ । 

अस्ट्रेलियाले आफ्ना समाचार प्रकाशकहरुलाई आम्दानीको केही हिस्सा दिनुपर्ने अडान राखेसँगै गुगलले यस्तो चेतावनी दिएको हो । 

अस्ट्रेलियाले गुगल, फेसबुक र अन्य केही प्रविधि कम्पनीहरुलाई आफ्ना मिडियालाई समाचार कन्टेन्टको पैसा बुझाउनुपर्ने नियम ल्याउने तयारीमा छ ।

गुगलले भने अस्ट्रेलियाले ल्याउन लागेको नियम ले स्थानीय प्रयोगकर्ताले आफ्नो सेवाको पहुँच गुमाउन सक्ने बताएको छ ।

अहिले अस्ट्रेलियामा यस किसिमको प्रस्तावको विषयमा चर्चा भइरहेको छ । अस्ट्रेलियाका केही सांसद्हरुले यो योजनाले काम गर्न नसक्ने बताउँदै आएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर