• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

चीनको सफलताः तेस्रो प्रयासमा चिनियाँ यान चन्द्रमाबाट माटो र ढुङ्गा लिएर फर्कियो

एजेन्सी । चन्द्रमाबाट माटो र ढुंगा ल्याउने अभियानमा चीनले सफलता प्राप्त गरेको छ ।

चीनको अन्तरिक्षयान च्याङ्ग’इ–५ को कार्गो सफलता पूर्वक चन्द्रमाको माटो र ढुंगा लिएर बुधबार पृथ्वीमा फर्किएको हो । चन्द्रमाबाट ढुंगा र माटो ल्याउन सफल राष्ट्रको सूचिमा चीनको नाम थपिएको छ । यसअघि अहिलेसम्म अमेरिका र रुसले मात्रै यस्तो गर्न सकेका थिए ।

यसअघि चीनले दुई पटक गरेको प्रयास असफल भएको थियो । २३ नोभेम्बरमा पृथ्वीबाट गएको अन्तरिक्ष यान मंगलबार राति चन्द्रमाको सहतमा अवतरण गरेको हो । चीनको रोबोटिक च्याङ्ग’इ–५ अभियान अन्तर्गत चीनले यान पठाएको थियो । सो यान २ डिसेम्बरमा चन्द्रमाबाट ढुङ्गा र माटो लिएर फर्किएको थियो ।

चीनको राष्ट्रिय अन्तरिक्ष एजेन्सी (सिएनएसए) का अनुसार यानको कार्गो मङ्गोलियाको घाँसे मैदानमा अवतरण भएको हो ।

चन्द्रमाबाट त्यहाँको नमूना ल्याउने यो पछिल्लो ४४ वर्षमा विश्वको पहिले सफल अभियान हो । तत्कालीन सोभियत युनियनको लुना २४ अभियानले ४४ वर्ष पहिले चन्द्रमाबाट झण्डै २०० ग्राम ढुंगा तथा माटो लिएर आएको थियो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर