• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

मुख्यमन्त्री राईले कसे लगनगाँठो

काठमाडौं । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले आईतबार लगनगाँठो कसेका छन् । ५० वर्ष पार गरेका लामो समयदेखि प्रेममा रहेका मुख्यमन्त्री राईले मोडल जाङ्मु शेर्पासँग विवाह बन्धनमा बाँधिएका ह्न् ।

राईले आफूभन्दा आधा उमेर कान्छी २३ वर्षीया मोडल जाङ्मु शेर्पासँग आज लगनगाँठो कसेका हुन् । काठमाडौंको एक पार्टी प्यालेसमा मोडल शेर्पासँग विवाह गरेका मुख्यमन्त्री राई र शेर्पा दुबै आ–आफ्ना परम्परागत पहिरनमा सजिएका थिए ।

राईले आइतबारै साँझ दिने रिसेप्सनमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओलीलगायतका व्यक्तिहरुलाई निम्तो पठाइएको उनी निकट स्रोतले जानकारी दिएको छ । सानो संख्यामा जन्तीसहित पुगेका राईलाई शेर्पा परम्परामा स्वागत गरिएको थियो । उनीहरुबीच प्रेम विवाह भएको हो ।

२०७४ सालमा सम्पन्न निर्वाचनपछि प्रदेश–१ को नेतृत्व सम्हालेका राईसँग विवाह बन्धनमा बाँधिएकी शेर्पाले भने केही म्यूजिक भिडियोमा समेत अभिनय गरेकी छिन् । उनी सामाजिक काममा पनि सक्रिय छिन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर