• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

माघ १५ देखि खुल्दैछन् हुम्लाका ६० विद्यालय 

हुम्ला । कोरोना महामारी सँगै बन्द भएका हुम्लाका दुई गाउँपालिकाका ६० विद्यालय माघ १५ गतेदेखि खुल्ने  भएका छन् । 
कोरोना सङ्क्रमणको त्रास कम भएको भन्दै सुरक्षा सावधानी अपनाएर गाउँपालिका शिक्षा समितिबाट निर्णय गरेर विद्यालयमा पठनपाठन सुरु हुने भएको हो । कोरोना सङ्क्रमणका कारण बन्द रहेको सर्केगार्ड गाउँपालिकाका ३२ विद्यालयमा माघ १५ गतेदेखि पठनपाठन शुरु गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्यले बताए ।  सदरमुकाम सिमीकोट गाउँपालिकाभित्रका विद्यालयमा पनि १५ गतेदेखि नै पठनपाठन सुचारु गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले जानकारी दिए । गाउँपालिका र विद्यालयका प्रधानाध्यापकबीचको बैठकले पठनपाठन शुरु गर्ने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर