• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

गण्डकीमा ७३ जना कोरोना सङ्क्रमित थपिए, एकको मृत्यु

गण्डकी ।  गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ७३ जना कोरोना सङ्क्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका– १ की २५ वर्षीया महिला हुन् । प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या २०३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए । 

पछिल्लो २४ घण्टामा ६४ जना निको भएका छन् भने हालसम्म निको हुनेको सङ्ख्या १४ हजार ६७१ पुगेको छ । प्रदेशमा सक्रिय सङ्क्रमित ४६४ रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर