• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

पहिलो तस्बिर सेयर गर्दै अनुष्का–विराटले राखे छोरीको नाम ‘वामिका’ 

काठमाडौं ।  बलिउड अभिनेत्री अनुष्का शर्माले ११ जनवरीमा छोरीलाई जन्म दिएपनि तस्बिर भने सार्वजनिक भएको थिएन । तर उनले जन्मिएको २१ दिनपछि छोरीको तस्बिर सार्वजनिक गरेकी छिन् । 
 
अनुष्काले आफ्नो इन्स्टाग्राममा छोरीको पहिलो तस्बिर सेयर गर्दै छोरीको नाम ‘वामिका’  राखेकी छिन्।
 ११ जनवरीमा ३२ वर्षीया अनुष्काले मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा छोरीलाई जन्म दिएकी थिइन्। उनका पति विराट कोहलीले उक्त खुसीको कुरा सामाजिक सञ्जालमार्फत् जानकारी दिएका थिए । 

अनुष्का र विराटले ११ डिसेम्बर २०१७ मा इटालीमा विवाह गरेका थिए। दुवैजना लामो समयदेखि प्रेम सम्बन्धमा थिए ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर