• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

रुकुम पश्चिमबाट विप्लव समूहका पाँचजना पक्राउ 

सुर्खेत । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहका पाँचजनालाई पक्राउ गरिएको रुकुम पश्चिम प्रहरीले जनाएको छ ।

जिल्ला सदरमुकाम मुसीकोट खलंगाको रावलबाडामा संगठन विस्तार गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उक्त समूहको विद्यार्थी संगठनका जिल्ला अध्यक्ष प्रेमबहादुर बोहरा (प्रशान्त), त्रिवेणी गाउँपालिका–९ पेउघाका १६ वर्षीय नविन वली, मुसीकोट नगरपालिका–१ का १९ वर्षीय सागर बुढा, सोही ठाउँका १७ वर्षीय अभिषेक बुढामगर र २७ वर्षीय किरण रसाइलीलाई प्रहरीले पक्राउ गरेको छ ।

त्रिवेणी गाउँपालिका ६, बिसौनीस्थितमा प्रेसर कुकर बम राखेको आरोपमा उनीहरुलाई खोनतलास गर्दा संगठन विस्तार गर्दैगर्दा पक्राउ गरेको प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर