• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

झापामा छैठौं दिनसम्म ३ हजार २ सय ७१ जनाले लगाए कोरोना विरुद्धको खोप

झापा  ।  झापामा जिल्ला कारागारमा रहेका कैदी बन्दी र आश्रममा रहेका बृद्धबृद्धालाई कोरोनाविरुद्धको खोप दिइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । खोप कार्यक्रम दुई दिन बाँकी रहेकोले अब कैदीबन्दी र बृद्धबृद्धालाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन जीवन चौंलागाईंले जानकारी दिएका छन् । 

चौलागाईका अनुसार कारागारमा कार्यरत सुरक्षाकर्मी र छुटेका निजी अस्पतालका स्वास्थ्यकर्मीलाई पनि खोप दिइने छ । स्वास्थ्य कार्यालय झापाले सोमबार छैठौं दिनसम्ममा ३ हजार २ सय ७१ जनालाई कोरोना विरुद्धको खोप लगाइसकिएको जनाएको छ । झापामा मेची अस्पताल, अनारमनी नगर अस्पताल र दमक अस्पतालबाट खोप लगाउने काम भइरहेको छ ।

जिल्लामा पहिलो दिन ५३५ जना, दोस्रो दिन ५५८ जना, तेस्रो दिन ४४१ जना, चौथो दिन २२४ जना, पाँचौँ दिन ८२३  र छैठौं दिन सोमबार ३४५ जनाले खोप लगाईसकेका छन् । पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सरसफाइ कर्मचारी, शव वाहनका चालकलाई खोप लगाइरहेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख ईश्वरीप्रसाद पौडेलले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर