• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

झापामा बस्ती छेउमै ईटा उद्योग खोल्ने तयारी , स्थानियहको व्यापक विरोध 

झापा । मानव बस्तीमा ईटा उद्योग खोल्ने तयारी गरेपछि स्थानियवासी बिरोधमा उत्रिएका छन् । झापाको कमल गाँउपालिका १ स्थित रतनचौनमा गाउँलेको असहमति हँुदाहुँदै जवरजस्ती उद्योग खोल्न लागेको भन्दै पत्रकार सम्मेलन गरेर कुनै हालतमा उद्योग खोल्न नदिने बताएका हुन । दमकका उद्योगी गुणराज थापाले स्थानियहरुको बिरोधका वावजुत , प्रदुषण फैलाउने र मानव बस्तिलाई विस्थापित गराउने उद्योग खोल्ने तयारीको बर्षाैदेखि विरोध गर्दै आएको स्थानियहरु बताउँछन् । उद्योगिले पहिले कुरामात्र गर्ने गरेको तर यसपटक  उद्योगकालागी  संरचना निर्माण गर्न भन्दै सामान झार्नथालेपछि स्थानियहरु अझ बढि त्रशीत भएको बताउँछन । गाँउघरमा उद्योग खोल्नु राम्रो भएपनि स्थानियहरुको विरोधलाई वेवास्था गर्ने र पेलेर जाने उद्योगीको रबैयालाई स्थानियहरुले विरोध गरेको स्थानियहरुले बताएका छन् । स्थानिय सरकारले समेत अनुमति नदिएको उद्योग खोल्ने उद्योगीले बताईरहँदा ,यसको अनुमति सम्वन्धित निकायबाट लिनकालागी पहल गरिरहेको बुझिएको छ । पैसा र आफ्नो निकटका सम्बन्ध भएका मानिसहरुलाई प्रलोभनमा पारि मानव स्वास्थ र स्थानियलाई विस्थापित गराउने उद्योग खोलिए उद्योग विरुद्ध जुनसुकै कदम चाल्ने स्थानियहरु बताउँछन । test
प्रतिकृया दिनुहोस

सम्बन्धित खवर