हिउँमा रमाउँदै अभिनेत्री सुहाना थापा 

काठमाडौं ।  अभिनेत्री तथा निर्देशक झरना थापा आफ्ना निर्माता श्रीमान् सुनिल कुमार थापा तथा अभिनेत्री छोरी सुहाना थापासहित यति बेला अमेरिकामा छन् ।

केहि दिनअघि अभिनेत्री थापाले आफ्ना श्रीमान् र छोरीसंग भर्जिनियाको एउटा रेस्टुरेन्टमा डिनर गरिरहेको सामाजिक सञ्जालमा सेयर गरेकी थिइन् ।

त्यस्तै उनले आफ्नो फेसबुकमा छोरी सुहाना हिउँमा रमाइरहेको तस्बिर पोस्ट गरेकी छिन् ।पछिल्लो समय अमेरिकाका विवभिन्न राज्यहरुमा हिमपात भरहेको छ ।

त्यही मौकामा सुहानाले ती तस्बिरहरु हिउँमै बसेर खिचाएकी  छन् । झरनाले ती तस्बिरहरुलाई कुनै क्याप्सन बिना नै पोस्ट गरेकी छिन् ।

 
प्रतिकृया दिनुहोस

सम्बन्धित खवर