मोबाइल र सामाजिक सञ्जाल नचलाउने आमिर खानको निर्णय

काठमाडौं । बलिउड अभिनेता  आमिर खानले अब केही समय सामाजिक सञ्जाल तथा मोबाइल फोन नचलाउने निर्णय गरेका छन् । उनी अहिले राजस्थानमा छन् । जहाँ उनी आफ्नो साथी अमिन हाजीको फिल्म ‘कोई जाने न’ को सुटिङमा व्यस्त छन् ।

हामी हाम्रो अधिकांश समय आफ्नो फोनमा खर्च गरिरहेका हुन्छौँ । हरेक १५ मिनेटमा मोबाइल खोलेर सामाजिक सञ्जालमा व्यस्त रहने गरेका छौँ तर आमिर खानले भने मोबाइल नै नचाउने भएका छन् । उनले फोन चलाउँदा आफ्नो धेरै महत्वपूर्ण समय त्यतिकै खेर गएको महसुस गर्दै यो निर्णय लिएका हुन् ।

सामाजिक सञ्जाल पनि टिमलाई आमिरले सोमबार देखि नै मोबाइल फोन चलाउँन बन्द गरेका छन् । उनले केही महत्वपूर्ण काम परेर सम्पर्क गर्न चाहेका व्यक्तिहरुको लागि म्यासेन्जर प्रयोग गर्न बताएका छन् । उनले उक्त म्यासेन्जर प्रयोगगको लागि पनि फिल्म ‘लाल सिंह चड्ढा’ को एक टिमलाई जिम्मा दिएका छन् ।

क्रिसमसमा रिलिज  आमिर खान अब मुम्बई आउँदै छन् । त्यस लगतै उनी लाल सिंह चड्ढा को सुटिङमा व्यस्त रहने छन् । फिल्म सन् २०२१ को क्रिसमसमा रिलिज हुने छ । फिल्ममा आमिर खानको साथमा करिना कपुर खान र मोना सिंह पनि देखिने छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर