फिल्म ‘सर्कस’ मा रणवीरको पारिश्रमिक एकदिनको ६६ लाख !

मुम्बई । बलिउड अभिनेता रणवीर सिंहले आफ्नो पारिश्रमिक बढाएका छन् ।उनले नयाँ फिल्म ‘सर्कस’ का लागि ५० करोड पारिश्रमिक तोकेका छन् । “हरेक सफल  फिल्मसँगै रणवीर सिंहको मार्केट भ्यालु बढिरहेको छ । सर्कसका लागि उनले ५० करोड पारिश्रमिक तोकेका छन् र एकपछि अर्को सफल  फिल्म सँगै उनले आफ्नो पारिश्रमिक अझै बढाउने देखिन्छ,” ट्रेड स्रोतले बताएका छन्  ।

रणवीरले यो  फिल्मका लागि ७५ दिन छायांकनमा बिताउनेछन् । यस अर्थमा रणवीरको एकदिनको पारिश्रमिक ६६ लाख हुनेछ । जसले उनलाई पछिल्लो समयको सबैभन्दा बढी पारिश्रमिक पाउने अभिनेताको सूचीको शीर्ष स्थानमा ल्याउँछ ।

यो सय करोड क्लब बनाउने निर्देशक रोहित सेट्टीको निर्देशनमा बन्दै छ । सुपरहिट  फिल्म  ‘सिम्बा’ पछि रणवीर र रोहितको यो दोस्रो सहकार्य हुनेछ । पुनः एकपटक करोड क्लब कमाउने निर्देशन रोहित सेट्टीसँग सहकार्य गर्दै छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर