जबजको मुद्दालाई प्रधानमन्त्रीले नै कुल्चिएः योगेश भट्टराई 

इलाम । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल पक्षका नेता योगेशकुमार भट्टराईले  जनताको बहुदलीय जनमत जबजको मुद्दालाई प्रधानमन्त्रीले नै कुल्चिएको आरोप लगाए । ओलीले कानून मान्दा, लोकतान्त्रिक व्यवस्था स्वीकार्दा मात्रै जबज लागू हुने बताए । संसद्मा पेश गरिएका कुनै पनि नीति, कार्यक्रम र बजेटमा फरक मतसमेत नराखी पारित गरिराखेकामा प्रधानमन्त्रीले पार्टीको असहयोग भन्नु गलत भएको भट्टराईले बताए ।

सबै क्षेत्रबाट आन्दोलनमा लागे आगामी फागुन १५ सम्म प्रतिनिधिसभा पुनःस्थापित हुने भन्दै सबैलाई सशक्त रुपले आन्दोलनमा उत्रिन आह्वान समेत गरे ।

अनेक प्रयत्नबाट सम्भव भएको पार्टी एकता मूल्यवान भएको भन्दै प्रधानमन्त्रीले गल्ती स्वीकार गने अझै पार्टी एकता हुनसक्ने बताए ।

इलाम सदरमुकाममा नेकपाका कार्यकर्तासँगको छलफलका क्रममा पूर्व मन्त्री समेत रहेका भट्टराईले यस्तो बताएका हुन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर