• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

रोल्पामा २५ प्रतिशत काम सकिएको पुल शिलान्यास गर्दै मुख्यन्त्री पोखरेल 

रोल्पा । सदरमुकाम लिबाङ र ह्वामा कुरेली जोड्ने धाङ्सी खोला पुल निर्माण कार्य तिव्ररुपमै भइरहेको छ । करिव २५ प्रतिशत काम भइसकेपछि पुलको शिलान्याश लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलेले आज ११ बजे गर्ने भएका छन् । उनी शनिबार विहान पुल उद्घाटनसँगै पार्टीको आन्तरिक कार्यक्रममा रोल्पा आउन लागेको उनको सचिवालयले जनाएको छ ।  

योजना सडक पूर्वाधार आयोजना कार्यालय रोल्पा र एसियाटिक÷राज जेवीको बीचमा २०७७ साल असोज २५ गते सम्झौता भएको थियो । एसियाटिक÷राज जेवीले मंसिरको ७ गतेदेखि काम शुरु गरेर हालसम्म लगभग २५ प्रतिशत काम भइरहेको बताएको छ ।

रोल्पाको सदरमुकाम लिबाङ र रोल्पा नगरपालिका वडा नं. ९ ह्वामालाई बाहै्र महिना सडक सञ्जालमा जोड्नका लागि उक्त धाङ्सीखोलाको सामरिक महत्वको पुल निर्माणको गर्न लागिएको हो । सो पुल निर्माण भएपछि लिबाङदेखि ह्वामा कुरेलीसम्मका नागरिकहरु सहजरुपमा यात्रा गर्न पाउने छन् । सडक पूर्वाधार विकास कार्यालय रोल्पाका प्रमुख नविनकुमार श्रेष्ठका अनुसार १४ प्रतिशत काम भइसकेको बताएपनि निर्माण एसिया टिक÷राज जेवीका राजवीर घर्तीले करिव २५ प्रतिशत काम सम्पन्नसँगै भुक्तानी लिएको बताए । उनले भने–“कार्यालयलेसँग भ्याट सहित ५ करोड ६१ लाखको सम्झौता भएको हो, हामीले १ करोड २३ लाख र सोको भ्याट १५ लाख ९९ हजार भुक्तानी लिएका छौँ, त्यसलाई आधार मान्ने हो भने करिव २५ प्रतिशत काम भइसकेको छ । अरु विल बनाउँदैछौँ” ।

सडक पूर्वाधार विकास समितिको कार्यालय रोल्पाका प्रमुख नविन कुमार श्रेष्ठले पहिले नै शिलान्यास गर्ने भनेर धेरै पटक अनुरोध गरेपनि मुख्यमन्त्रीले समय नििदएको र अहिले गर्नुपरेको बताउँदै काम शुरु भएको भएपनि औपचारिकरुपमा शिलान्यास हुने बताए । 

निर्माण कम्पनीसँग २ वर्षमा निर्माण गरि सक्ने भनिएपनि निर्माण कम्पनीका राजवीर बुढाका अनुसार १ वर्षमा निर्माण कार्य सकिने बताए । 

करिव २५ प्रतिशत काम भइसकेको पुलको अब उद्घाटन गर्ने बेलामा शिलान्यास हुँदा स्थानीय तथा सरोकारवालाहरु आश्चार्य चकित बनेका छन् । वर्षा याममा ठप्प हुने सो सडक पुल निर्माण भएपछि अब सहज हुने छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर