• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

 वर्षा र सविनबीच ब्रेकअप–सविन लेख्छन्–‘म फेरि विश्वास गर्न सक्दिन’ 

काठमाडौं  ।  अभिनेत्री वर्षा सिवाकोटी र सविन जंग बस्नेतको ब्रेकअप भएको छ । अमेरिकाको टेक्सासमा बस्दै आएका  सविनले स्ट्याटसमार्फत वर्षाले आफूलाई धोका दिएको बताएका छन् । उनले वर्षासँगका तस्बिर सेयर गर्दै अप्ठेरो समयमा वर्षाले साथ नदिएको गुनासो गरेका छन् । 

इन्स्टामा थुप्रै स्ट्याटस राख्दै सविनले लेखेका छन्, ‘ म ट्रमाटाइज्ड महसुस गरिरहेको छु । म फेरि विश्वास गर्न सक्दिन । मैले एक व्यक्तिमा सारा प्रयास र शक्ति खर्च गरेँ त्यो मेरै अगाडि फ्याँकियो । गल्ती मैले पनि गरेँ हुँदा तिम्ले पनि ग¥यौ होला तर मेरो प्रेम निर्दोष थियो तर तिम्रो इगो र एटिच्युडले त्यो मारियो,’ सविनले लेखेका छन् ।

सविनले वर्षा र आफ्नो प्रेम १७ महिना पुरानो भएको जनाउँदै यो अवधिमा बिताएको समय असल रहेको पनि बताएका छन् । 

यता,वर्षाले सविनसँगको प्रेम लुकाउँदै आएकी थिइन् । उनी वर्षालाई भेट्न कोरोना कालमा अमेरिका समेत गएकी थिइन् । सामाजिक सञ्जाल तथा मिडियामा सविनको बारेमा समाचार आएपनि उनले छिट्टै विवाह गर्ने समेत बताएकी थिइन् ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर