• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

नेकपाको आम हडतालः बुटवल पनि प्रभावित

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज आह्वान गरेको आमहडतालको प्रभाव बुटवलमा परेको छ । बुटवलमा लामो दुरी तथा छोटो दुरीका यात्रुवाहक तथा मालवाहक सवारी साधन चलेका छैनन् ।

आन्दोलनकारीहरुले विहानैदेखि सडकमा निस्किएर आमहडताल सफल पार्न टायर वाल्नेदेखि सवारी साधन अवरुद्ध गरेका छन् । बुटवलको मुख्य सडकमा ट्रकलाई बाटोमा तेर्साएर सडक अवरुद्ध समेत गरेका छन् । बन्द आयोजकले लुम्विनी प्रदेशका विभिन्न ठाउमा बुधवार साँझ मसाल जुलुस समेत प्रर्दशन गरेका थिए ।

सरकार एकपछि अर्को गर्दै प्रतिगमनकारी कामहरु बढाएको भन्दै त्यसका विरुद्धमा पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपालले नेतृत्व गरेको नेकपाले आज देशब्यापी आमहडताल गरेको हो । आम हडताललाई ब्यापक सर्मथनसहित सफल पार्न नेकपा रुपन्देहीले हिजो नै आब्हान समेत गरेको थियो ।

नेकपा संघर्ष समिति रुपन्देहीका संयोजक पुरुषोत्तम घिमिरे र पार्टीका जिल्ला सचिव निर्मल जिसिले प्रेस विज्ञप्ती जारी गर्दै संवैधानिक निकायमा गरिएको नियुक्ति तथा पदाधिकारीहरुको सपथको विरोध गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर