• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

ओलीकाे सभामा राजावादीहरु सहभागी : सुरेन्द्र पाण्डे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको  २३ माघमा काठमाडौंमा हृुने आमसभामा उपस्थिति हुनका लागि उर्दी जारी गरेको प्रचण्ड पक्षका नेकपा नेता सुरेन्द्र पाण्डेले बताएका छन्। प्रचण्ड–नेपाल पक्षका नेता पाण्डेले आइतबार माइतीघरमा आयोजित धर्ना कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन्। उनले सारा प्रतिक्रियावादी शक्तिहरुले अहिले ओलीलाई साथ सहयोग दिइरहेको बताए। ‘उनले भने ‘म सुन्दैछु, ओली पक्षले २३ गते गर्न लागेको कार्यक्रममा सबै राजावादी उपस्थिति हुनु भनी पूर्वराजावादी नेताहरुले उर्दी जारी गरेका छन् रे ।’ उनले ओलीका पछिल्ला दौडधूप र गतिबिधि हेर्दा उनी अब कम्युनिष्ट नेता नरहेको बताए।उनले भने ‘कम्युनिस्ट नेता हुँ भन्ने तर मन्दीर मन्दीर धाउदै हिडेका छन् । त्यसकारण उनी कम्युनिस्ट होइनन् ।’ प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलन जारी राखेको प्रचण्ड–नेपाल पक्षले घोषणा गरेको नयाँ आन्दोलनका कार्यक्रम अन्तर्गत विघटित प्रतिनिधि सभाका सांसद, तत्कालीन संविधान सभा र प्रदेश सभाका सांसद सहितका नेताहरुको माइतिघरमा धर्ना कार्यक्रम राखेको हो। माघ २१ गतेसम्म धर्ना गर्ने कार्यक्रम राखिएको भए पनि सो धर्ना कार्यक्रमलाई आज आइतबारको कार्यक्रमबाटै टुंग्याइएको घोषणा गरिएको छ। धर्नामा बोल्दै नेकपा स्थायी समिति सदस्य पम्फा भुसालले बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध प्रदेश सभामा दर्ता गरिएको अविश्वास प्रस्ताव अघि बढाउनुपर्ने लगायतका अन्य कार्यक्रमहरुका कारण धर्नालाई आजैबाट टुंग्याइएको बताइन्।
प्रतिकृया दिनुहोस

सम्बन्धित खवर