• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

विद्युत प्राधिकरणले सार्वजनिक गर्यो सटडाउन तालिका, आज कहाँ–कहाँ ठाउँमा जान्छ बत्ती ?

काठमाडौं । शनिबार देशका विभिन्न स्थानमा विद्युत कटौती हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।मेन्टिनेन्स सटडाउन सेड्युल नै सार्वजनिक गर्दै प्राधिकरणले यस्तो जानकारी दिएको हो । प्राधिकरणका अनुसार, प्रदेश ५ बाट ३ वटा फीडरमा विद्युत कटौती हुनेछ भने प्रदेश १को ३ वटा फीडरमा सटडाउन हुनेछ । प्राधिकरणले दिएको जानकारी अनुसार, प्रदेश ५ को नेपालगञ्ज वितरण केन्द्रमा दिउँसो १२ः३०देखि ४ः३० सम्म सटडाउन हुनेछ । जसले गर्दा न्यूरोड, गनेशपुर, धम्बोझी, सानीमा बैंक, पिपल चौतारा लगायतका स्थानमा विद्युत कटौती हुनेछ । यस्तै नेपालगञ्जकै एयरपोर्ट फीडरमा ११ बजेदेखि १२ः३० बजेसम्म विद्युत सटडाउन हुँदा सुर्खेत रोडको पश्चिमी क्षेत्रलगायत अन्य स्थानमा पनि बत्ती जानेछ । प्रदेश १ को धरान वितरण केन्द्रको धरान फीडरमा बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म लाइन काटिनेछ । जसबाट धरान वडा नम्बर १, ४, ८, ९, १०, १३, १३, १४ र १६ मा बत्ती जानेछ ।
प्रतिकृया दिनुहोस

सम्बन्धित खवर