• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

महिला राष्ट्रिय लिग फुटबलको दोस्रो चरणका खेलहरु आजदेखि हुदै

काठमाडौं । काठमाडौंमा जारी महिला राष्ट्रिय लिग फुटबलको दोस्रो चरणका खेलहरु आजदेखि हुदैछ । आज त्रिभुवनआर्मी क्लब र चौदण्डीगढी नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । खेल, ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो २ बजे हुनेछ । लिगको पहिलो चरणमा आर्मीले चौदण्डीगढीलाई १२–० को फराकिलो अन्तरले पराजित गरेको थियो । आर्मी १३ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । अंकविहीन चौदण्डीगढी तालिकाको पुछारमा छ । पहिलो चरणको समाप्तिसम्म ६ खेलबाट १८ अंकसहित सशस्त्र प्रहरीको एपीएफ शीर्ष स्थानमा रहेको छ । विराटनगर १० अंकसहित तेस्रो स्थानमा पुगेको छ । पुलिस भने ८ अंकसहित चौथो स्थानमा झरेको छ । वालिङ नगरपालिका ८ अंकसहित पाँचौं, चन्द्रपुर नगरपालिका ३ अंकसहित छैटौं स्थानमा छ ।
प्रतिकृया दिनुहोस

सम्बन्धित खवर