• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

चिडियाखानाबाट भागेको बाघको आक्रमणबाट एक जनाको मृत्यु

एजेन्सी । इन्डोनेशियामा चिडियाखानाबाट भागेको दुई वटा बाघको आक्रमणबाट चिडियाखानामा कार्यरत एक जनाको मृत्यु भएको छ । बाघको आक्रमणबाट ४७ वर्षका चिडियाखानाका कर्मचारीको मृत्यु भएको समाचार एजेन्सीहरुले जनाएका छन् । चिडियाघरबाट भागेका दुवै पोथी बाघ १८ महिनाका हुन् । लगातारको वर्षाका कारण गएको पहिरोले क्षतिग्रस्त भएको सिन्का चिडियाखानाबाट बाघ भागेका हुन् । शनिबार एउटा बाघ नियन्त्रणमा लिइएको छ । तर अर्को बाघलाई नियन्त्रणमा लिने प्रयास विफल भएपछि गोली हानी हत्या गरिएको बिबिसीले जनाएको छ ।
प्रतिकृया दिनुहोस

सम्बन्धित खवर