• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

गठन पुरानहुदै ढल्ने भए एमालेका दुई सरकार,यस्तो छ समिकरण

काठमाडौं । राजनीति दम्भ र एकलौटी अलोकतान्त्रिक चरित्रका कारण केपी शर्मा ओली नेतृत्वको एमालेले बाँकी रहेका दुईटा प्रदेश सरकार पनि गुमाउने भएको छ । भदौ २ गते बागमति प्रदेश सभामा नाटकिए रुपमा मुख्यमन्त्री परिवर्तन गरेको एमाले अब त्यहि आफ्नै पासोमा पर्ने भएको हो । त्यो परिवर्तन थियो एमालेको प्रदेश सभा संसदीय दलको नेतामा सर्वसम्मत रुपमा अष्टलक्ष्मी शाक्य मनोनित भइन । तर उनले दलको नेता हुन २०७४ साल माघ २६ गते नखोजेकि होइनन् । तर एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई दलको नेता हुन दिएनन् । शाक्य निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलसंग पराजित भएकी थिइन् । पराजित हुनुको कारण थियो वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको भएर । ०७४ साल २६ माघमा पौडेलले संसदीय दलको नेतामा ३४ मत ल्याएर विजयी भएका थिए भने शाक्यले २४ मत पाएर पराजित भइन । समयले फन्को मा¥यो । पराजित गराएका डोरमणि पौडेलले नै संसदीय दलको नेतामा प्रस्ताव मात्र गरेनन् मुख्यमन्त्रीबाट राजीनामा दिएर शाक्यलाई मुख्यमन्त्री नै बनाए । शाक्य मुख्यमन्त्री भएपछि नेपालको संघीयता शासनमा उनि पहिलो महिला मुख्यमन्त्री बन्न सफल भएकी छन् । उनी यो साढे चार बर्षसम्म ओली र पौडेलको कडा आलोचक थिइन । तर पछिल्लो एक महिनामा भने शाक्यको बोली फेरियो । उनी एकाएक ओली र पौडेल प्रति नरम हुदै गइन । अन्तत उनले मुख्यमन्त्रीको पद पाएकी छन् । तर त्यो पनि एक महिनाको लागि । विभाजनको असर यहि भदौ ९ गते एमाले विधिवत रुपमा विभाजन भएको छ । एमाले विभाजन भएपछि नेकपा  (एकीकृत समाजवादी) पार्टीको बनेको छ । यसको असर केन्द्र हुदै स्थानीय तहसम्म पर्न थालेको छ । सबै भन्दा पहिलो असर प्रदेश नं. १ र बागमति प्रदेशमा देखिने भएको छ । मुख्यमन्त्रीको शपथ लिएको ३० दिन भित्र विश्वासको मत लिइसक्नुपर्ने छ । शाक्यले २ गते शपथ लिएको हो । २८ भदौ भित्र विश्वासको मत लिइसक्नु पर्नेछ । तर उनले विश्वासको मत पाउने छाँटकाट देखिदैन । एमाले विभाजन भएपछि प्रदेश सभाका सांसदहरु पनि विभाजित भएका छन् । सांसदहरु विभाजित छन् । शाक्यले सामाजिक विकासमन्त्रीकोा शपथ खुवाएका कृष्णप्रसाद शर्मा खनालले एमाले छोडेर नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । यस्तो छ बागमतिको समिकरण एमाले विभाजन भएपछि मुख्यमन्त्री शाक्यले विश्वासको मत नपाउने पक्का जस्तै छ । उनले मन्त्री बनाएका खनालले नै उनको साथ छोडिसकेका छन् । बागमती प्रदेशसभामा १ सय १० सांसद थिए जसमा पशुपति चौलागाईको निधन भएको छ । १०९ मध्य नेकपा एमालेबाट विजय भएकाका ५६, माओवादी केन्द्रका २३, कांग्रेसका २२, विवेकशील साझाका ३, नेपाल मजदूर किसान पार्टीका २, राप्रपाका २ र एकजना स्वतन्त्र सांसद छन् । शाक्यले एक महिना पछि विश्वासको मत लिंदा ५५ सांसदको साथ चाहिन्छ । तर एमाले विभाजन भएपछि बनेको नेकपा एकीकृत समाजवादीमा अहिले नै खुलेका ४ जना सांसद छन् । जसमा राजेन्द्र पाण्डे ,मुनु सिग्देल, कृष्ण प्रसाद खनाल र बसन्तप्रसाद मानन्धर रहेका छन् । तर यो संख्या अझै बढ्ने मानन्धर बताउँछन् । उनले भने ‘अहिले चार जना खुलेका छौ । प्रदेशको हकमा २१ दिनको समय छ दल रोज्ने । त्यो समयसम्म हामीहर १५ जना भन्दा बढी नै हुन्छौ ।’ एमालेलाई अरु साना दलले सहयोग गरेमा पनि विवेकशील साझा, नेपाल मजदूर किसान, राप्रपा र स्वतन्त्र जोड्दा ८ जना हुन्छन् । तर मानन्धरले भने जस्तै १५ जना भन्दा बढी सांसद नेकपा एकीकृत समाजवादीमा लागेमा शाक्यको सरकार ढल्ने छ । उनको मुख्यमन्त्री पद नाम लेखाउनको लागि हुनेछ । यदि शाक्यले समाजवादी पार्टी तर्फ लागेमा भने उनको पद जोगिने छ । उनलाई त्यसपछि पाँच दलको गठबन्धनले मत दिने छ । माधव नेपालकै सल्लाहमा मुख्यमन्त्री बनेकी शाक्य अहिले भने एमालेमा नै छिन् । तर अझै २० दिनको समय उनलाई दल रोज्ने छ । त्यहि भएर अहिले नै केहि भन्न सकिने अवस्था छैन । तर एमालेमा नै बसिन भने उनको मुख्यमन्त्रीको पद एक महिनाको लागि मात्र हुने देखिन्छ । उनले समाजवादी पार्टी रोज्ने कि एमाले भन्ने कुराले मुख्यमन्त्रीको पद टिक्ने नटिक्ने देखिन्छ । मानन्धर भन्छन् ‘उहाँ माधवकुमार नेपालको सल्लाहमा मुख्यमन्त्री हुनु भएको हो । तर अहिले एमालेमा हुनु हुन्छ । एमालेमा नै रहनु भयो भने हामीले विकल्प खोज्छौ होइन ,हाम्रो पार्टी रोज्नु भयो भने हाम्रो नेता र मुख्यमन्त्री उहाँ नै हो ।’ एकीकृत समाजवादी रोजेमा माओवादी केन्द्र २३, कांग्रेसका २२ र नेकपा एकीकृत समाजवादीका सांसदले मत दिने छन् । उनी मुख्यमन्त्री बन्नको लागि समाजवादीका १० जना सांसद भए पुग्छ । प्रदेश नं.१ को अवस्था पनि उस्तै एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादीले निर्वाचन आयोगबाट दलको मान्यता पाएको दोस्रो दिन अथवा १० भदौमा प्रदेश नं.१ मा पनि नाटकिय रुपमा एमालेले प्रदेश सभा दलको नेतामा भीम आचार्यलाई सर्वसम्मत तरिकाले मनोनित मात्र गरेन त्यहि दिन मुख्यमन्त्रीको शपथ पनि खुवायो । यिनै आचार्यले पहिलो पटक तत्कालीन मुख्यमन्त्री शेरधन राइसंग संसदीय दलको नेता बन्न २ भोट कम पाएर बन्चित भएका थिए । तर समयले तिनै राईको प्रस्तावमा सर्वसम्मत रुपमा प्रदेश नं.१ को एमालेको संसदीय दलको नेता बनायो । नेतासंगै मुख्यमन्त्रीको शपथ पनि खाइ सकेका छन् । तर आचार्यको पनि अवस्था एक महिनाको मुख्यमन्त्री हुने देखिन्छ । विभाजन पूर्वएमालेका ५१ जना प्रदेश सभा सांसद छन् । तर अहिले एमाले विभाजन भएको छ । जसमा प्रदेश सांसदहरु पनि विभाजित हुने क्रम जारी रहेको छ । ५१ जना सांसद मध्य एक जना किर्ते कागजमा मुद्दामा दोषी पाइएपछि फरार छन् । फरार सांसद गुलेफुन खातुन अहिले सांसदमा छैनन् । एमालेका ५० जना सांसद मध्य राजेन्द्रकुमार राई, गणेशकुमार काम्बाङ, कृष्णकुमारी राई, राजन राई, सावित्री कुमारी रेग्मी, सरिता थापा, सुनिता कुमारी , खिनु लङ्वा र पदमकुमारी गुरुङ खुलेका छन् । प्रदेश नं. १ मा ९२ सांसदमा साविक एमाले ५१ मा ५० , कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १÷१ सांसद छन् । बहुमतका लागि प्रदेश १ मा ४७ सांसद चाहिन्छन् । एमालेको ५१ रहेकोमा नेकपा एकीकृत समाजवादी पार्टीमा १२ जना जति सांसद खेलेको बताइन्छ । यस्तो अवस्थामा मुख्यमन्त्री आचार्य अल्पमतमा परेका छन् । अल्पमतमा परेका आचार्यको मुख्यमन्त्रीको यात्रा पनि एक महिना भन्दा बढी नहुने देखिन्छ । उनको पद जानलाई एमालेका ५ जना सांसदले मात्र नेकपा एकीकृत समाजवादी रोजे पुग्छ । जब कि १२ जना जतिले अहिले नै एमाले छोडि सकेका छन् । बिहीबार नै नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाको संयुक्त गठबन्धनले आचार्यलाई मुख्यमन्त्रीमा गरिएको नियुक्ति असंवैधानिक भन्दै विरोध गरी सकेका छन् । बिहीबार प्रदेश प्रमुखले आचार्यलाई ठूलो दलको हैसियतमा मुख्यमन्त्रीको शपथ खुवाएको बताइएको छ । जब कि आचार्यको पक्षमा २६ जना मात्र सांसदले हस्ताक्षर गरेका थिए ।
प्रतिकृया दिनुहोस

सम्बन्धित खवर