• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

'टुहुरो बन्नु नपरेका जेबी टुहुरे'

काठमाडौं । ‘आमा दिदीबहिनी हो कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर ।’ 'बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँद छ लाखौँको लागि उजाड छ यो देश, मुठीभरलाई त स्वर्ग छ ।’ 'मृत्यु पनि मान्छेपिच्छे फरक हुँदो रैछ, देशभक्त छोरो मर्दा देशै रुँदो रैछ ।' यीनै गितका हरफहरुले जनवादी गायक जेबी टुहुरेको एकसरो परिचय दिन्छन् । हुन त उनले जिवनकोे शुरुवाती कालखण्डमा माया पिरतीका गितहरु नगाएका होईनन् । तर समयले उनलाई यसरी मोडिदियो २०२६ सालको सेरोफेरोमा २६ वर्षको लक्का जवान जेबी कम्युनिष्ट विचारधाराबाट प्रभावित भए । जनताका सुख दुखको गित गाउन थाले, राष्ट्र र राष्ट्रियताका गितमा संगित भर्न थाले । त्यसैताका बनेको हो यो गित: 'बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँद छ लाखौँको लागि उजाड छ यो देश, मुठीभरलाई त स्वर्ग छ ।’ उनका साथी लव प्रधानले लेखेको शब्दमा टुहुरेले लय पनि आफैंले भरे । यो गित तत्कालिन पंञ्चायत विरोधी आन्दोलनका लागि पट्का सावित भयो । उनी तत्कालिन शाशकको आँखाको तारो बने । १५ कार्तिक २००१ मा धरानको पुरानो बजारमा जन्मिएका जेबीले न्याय समानता र परिवर्तनको पक्षमा उभिँदै जनमत निर्माणका लागि आफ्नो आवाज दिए, अन्तिम क्षणमा जनताकै पक्षमा राजनीति गर्दागर्दै उनको ज्यान पनि गयो । तत्कालिन माले भूमिगत हुँदा सांस्कृतिक कार्यक्रममार्फत उनले जनताका पीरमर्का आमजनता माझ पुर्‍याए । जेबीको पूरा नाम जुठबहादुर खड्गी हो। २०२१ मा बुवाको निधनपछि उनी टुहुरो बने । त्यतिबेला उनले आफूलाई वास्तवमै टुहुरो अनुभव गरे र आफ्नो नामको पछाडि ुटुहुरेु थपे । त्यसयता प्रगतिशील गायन क्षेत्रमा उनी जेबी टुहुरेकै नामैले चिनिएका थिए । 'मृत्यु पनि मान्छेपिच्छे फरक हुँदो रैछ, देशभक्त छोरो मर्दा देशै रुँदो रैछ । कवि अनिल पौडेलले दासढुंगा दुर्घटनामा मदन भण्डारीको निधनपछि लेखेको यो गीत टुहुरे गाए । उनैले गाएको यो गित आज उनैको श्रदाञ्जलीमा लाखौं नेपालीले गुनगुनाउने अवस्था बनेको छ । मालेको राजनीति गरेको, मदन भण्डारीको निधनपनि उनका लागि गित गाएको, जिवनका ४ दशक भन्दा धेरै समय एमालेको राजनीति गरेका टुहुरे उत्तरार्धतिर एमालेसँगै रिसाए । एमालेले योगदानको पहिचान गरेन, सम्मान गरेन भन्ने उनको गुनासो थियो । जव नेताहरु सत्ताको वरिपरि पुगे जनता र कार्यकर्ता भुले भन्ने उनको बुझाई थियो । 'कति प्रयास गर्दा पनि आफैंले नेताहरुलाई भेट्न नपाएको गुनासो उनले आफ्ना अन्तरवार्ताहरुमा गरेका छन् । उनी भन्थे, वास्तवमा संगठन गर्ने जनता जगाउँने हामी जनवादी गायक गायिकाहरुलाई पार्टीले अवसर दिने बेलामा यो त गाइने हो भन्ने सोच्दा रहेछन् । हामीले गीत गाउँदै संगठित गरेकाहरु सांसद, मन्त्री भए, तर हामी चाहिँ गाइने को गाइने नै ।' उनी २०६६ सालमा एमाले त्यागेर माओवादीमा प्रवेश गरे । माओवादीले उनलाई २०७० सालको चुनावपछि संविधानसभाको सभासद बनायो । समानुपातिक निर्वाचन प्रणाली र यसको मर्म अनुसार राज्यद्वारा बहिस्करणमा परेको जाती, क्षेत्र, समुदायलाई नीति निमार्णको तहमा पुर्याउने । राज्यका लागि महत्वपूर्ण योगदान गरेका व्यक्तिको अनुवभ संविधान निर्माणमा मिसाउने लक्ष राखेको माओवादीले टुहुरेको कम्युष्निट आन्दोलनप्रतिको योगदानको कदर गर्यो र सभासद बनायो । त्यसपछि निराशाले विरक्तिएको टुुहुरेको जिवनमा थोरै भएपनि कान्ती छायो । एक हिसावले भन्दा उनको जिवतको उत्तरार्धमा उनले अविभावक भेटे, सानैमा टुहुरो हुनुपर्दाको उनको दु:खका दिन कोट पाईन्ट लगाएर, झोला बोकेर संविधान बनाउन संविधानसभा भवन धाउने दैनिकीमा फेरिएको थियो । क्रान्तिकारी गीत गाउँदा पञ्चायतकालमा प्रहरीको हिरासत र यातना भोगेका उनले सत्ताको त्रास, दमन, धरपकडलाई समेत बेवास्ता गर्दै २०६२, ०६३ को परिवर्तनसम्म पनि जनतामा गीतमार्फत चेतना जगाउने काम गरेको योगदानको फल चाख्न पाए । २००७ सालमा खड्गी परिवार बसाइ सरेर मोरङको मधुमल्ला पुग्यो । उनले तीन कक्षा पढ्दा पढ्दै स्कूल छाड्नुपर्‍यो । त्यसैले उनले आफ्नो डिग्री साँढे तीन कक्षा हो भन्ने गर्थे । साँढे ३ कक्षा पढेका टुहुरेले शिक्षक बनेर विद्यार्थीलाई पढाए पनि । ३ कक्षा पढेकाले कसरी पढाउनु भयो त ? भन्ने प्रश्नमा उनको उत्तर थियो, 'म सानै देखि टाठो, मैले विभिन्न कारणले पढ्न नपाएपछि देश, काल,अवस्था बुझेकाले मैले विद्यार्थीहरुलाई पढाएँ ।' टुहुरेले ९ वर्षको उमेरदेखि गाउन थालेका थिए । गाउने रहरकै कारण उनी २०१९ सालमा घरबाट भागेर पहिलो पटक काठमाडौं आए । 'आमा दिदी बहिनी हो’ बोलको गीतले जेबी टुहुरेलाई गाउँ गाउँ बस्तीमा चिनायो । उनी आफैंलाई पनि यो गित सवैभन्दा धेरै मन पर्र्दथ्यो । माओवादीको सांस्कृतीक संगठनले सहजिकरण गरिदिएको र विद्यार्थी नेताहरु सुरेन्द्र बस्नेत लगायतले सहयोग गरेर जेबी टुहुरे एकल गायन साँझ गरिएको थियो । २०७६ सालमा उनी ७६ वर्षकै हुँदा सो कार्यक्रमको आयोजना भने उनकै छोरी निर्भिका टुहुरेको अध्यक्षतामा गठन भएको जेबी टुहुरे फाउण्डेशनले गरेको थियो । काठमाडौंसहित फाउण्डेशनले बिराटनगरमा पनि एकल साँझ आयोजना गरे । काठमाडौंको कार्यक्रममा प्रधानमन्त्री केपी ओलीलाई प्रमुख अतिथि बनाउने टुहुरेको ठूलो चाहाना थियो । आयोजकहरुले तत्कालिन प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहाकार विष्णु रिमाज लगायतका सचिवालयका सदस्यहरुबाट बरु प्रधानमन्त्रीको अनुकुलताका लागि कार्यक्रमको समयनै सार्न तयार रहेको सन्देशसहित निम्तो पठाए तर ओली गएनन् । जिवनको ४० वर्ष भन्दा लामो समय विताएको पार्टीका अध्यक्षले अतिथिको निम्तो पनि स्वीकार नगरेकोमा टुहुरेले सारै दु:ख मनाउ गरेका थिए । दुई पार्टी मिलेर नेकपा बनेपछि त ओली कार्यक्रमा आउँछन् होल भन्ने विश्वास टुहुरेमा रहेछ । एमाले छोडेर आफू माओवादीमा लागेकोमा ओलीले पुरानै पूर्वाग्रह साँधेको उनको बुझाई थियो । यसमा उनले चित्त दुखाईरहे । अन्तत: अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । त्यस क्रममा टुहुरेले महिलाहरु बास्तविक शक्तिशाली र कर्मशिल हुने गरेको बताएका थिए । आफूलाई महिलाले चलाएको गाडीमा, प्लेनमा बस्दा डर नलाग्ने र गन्तव्यमा पुगिन्छ भन्ने ढुक्कता हुने उनले सुनाएका थिए । र गाएका थिए उनको उही सदावहार गित: ‘आमा दिदीबहिनी हो कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर ।’ ४ दशक भन्दा धेरै पुरानो उनको यो गित आज पनि उत्तिकै कालजयी र लोकप्रिय छ । पाँच दशक प्रगतिशील सांस्कृतिक क्षेत्रमा सक्रिय रहेका टुहुरेका 'आमा दिदी बहिनी', बसाईं हिँड्नेको ताँतीलेु, 'आँधी खोलैलेु, चौरी चर्ने ठाउँमा,  छोराहरु होु, जुनीभरी मुटु,लगायतका थुप्रै गीत चर्चित छन् । टुहुरेलाई माओवादीले सभासद बनाएर पहिचान दियो, योगदानको कदर गर्यो । सभासद मात्रै बनाएर माओवादीको सल्लाहाकार थिए उनी । अचानक मस्तिस्क घात ुस्ट्रोकु भएपछि उनलाई गत मंगलबार काठमाडौंको कलंकीस्थित निजी निवासमा बाट बल्खुस्थित बयोधा अस्पतालको सिसियु कक्षमा भर्ना गरिएको थियोे। भर्ना गरे लगत्तैदेखि उनको उपचारमा माओवादी केन्द्रको जनसांस्कृतीक महासंघका सरल सहयात्री, विद्यार्थी नेताहरु रंजित तामाङ, सुरेन्द्र बस्नेत लगायत परिवारको सम्पर्कमा पुगेर उपचारमा सहयोग गरिरहेका थिए । झण्डै २ साता अस्पतालमा विताउँदा उनीहरुले टुहुरेलाई कहिल्यै उपचारमा कमि आउन दिएनन् । मुटु , फोक्सो , मधुमेह र उच्च रक्तचापका दिर्घ रोगी समेत रहेका ७८ वर्षीय टुहुरेलाई अप्रेसन गर्न जोखिमपूर्ण रहेकाले औषधिको माध्यमबाट उपचार गरिएको थियो । उनको उपचारमा संलग्न वरिष्ठ न्युरोलोजिस्ट डा.सामर्थ सिंहलगायतको टिमले गरेको अहोरात्र प्रयास अन्तत: सफल हुन सकेन । टुहुरेले बिहीबार यो दुनियाँबाट विदा लिए । उपचारका क्रममा लागेको सवै खर्च माओवादी नेताहरुकै पहलमा सरकारले बोहोर्ने निर्णय गर्यो । टुहुरेलाई भेट्न विहिबार पुर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल पुगेका थिए । नेता वर्षमान पुन, ऊर्जामन्त्री पम्फा भुषाल, अर्थमन्त्री जनार्दन शर्मा, एमालेका नेताहरु इश्वर पोखरेल प्रदीप ज्ञवाली, काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा लगायतले पनि अस्पतालमा पुगेर टुहुरेलाई भेटे । मस्तिस्कघात भएका कारण आफ्नो जिवन यात्रामा विराम लगाएका टुहुरेको शव बिहीबार दिउँसो माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखियो । अध्यक्ष प्रचण्ड चितवनमा रहेकाले नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुनले पार्टीको झण्डा ओडाएर सम्मान गरे । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादी मुख्यालयमा पुगेर टुहुरेलाई श्रदाञ्जली दिए, बिहीबारै उनको पशिुपति आर्यघाटमा अन्ति संस्कार गरियो । रहँदा बस्दा मात्र हैन टुहुरेको निधन पछिको अवस्थालाई पनि माओवादीले नियालीरहेको विद्यार्थी नेता बस्नेतले बताए । बस्नेत हिजो शुक्रबार साँझ कलंकीस्थित टुहुनेको निवास पुगेका थिए । समाचार दैनिकसँगको कुराकानीमा बस्नेले भने, बुवाको निधनमा शोकमा रहेको टुहुरे परिवारले जिवत रहँदा र मरेर जाँदापनि माओवादीले अविभावकत्व लिइदिएकोमा सन्तोषको सास फेर्दै थिए ।
प्रतिकृया दिनुहोस

सम्बन्धित खवर