• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

टुँडिखेलमा संविधान दिवसको रौनक (फोटोफिचर)

काठमाडौं । नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधानसभामार्फत निर्माण गरेको संविधानको स्मरणमा आज सातौं संविधान दिवस विभिन्न कार्यक्रमका साथ देशभर मनाइँदैछ । विक्रम संवत् २०७२ असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष संविधान दिवस मनाइँदै आएको छ । संविधान निर्माणको ६ वर्ष पूरा भएको उपलक्ष्यमा सरकारले असोज २–४ गते राष्ट्रिय दिवसका रूपमा नेपाल र विदेशस्थित नेपाली राजदूतावास र नियोगमा दीपावलीलगायत कार्यक्रमको आव्हान गरेको छ । राष्ट्रिय दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको थियो । दिवसका अवसरमा आइतबार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, सभामुख अग्नि सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्री, सांसद, कर्मचारी, सुरक्षा अंगका प्रमुखलगायत सहभागी छन् । कार्यक्रममा विभिन्न साँस्कृतिक झाँकी प्रदर्शन गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो । विभिन्न सैनिक कौशल प्रदर्शनको साथै शान्तिको प्रतीक सेतो परेवा उडाइएको थियो ।   तस्बिर : न्युज कारखानाबाट
प्रतिकृया दिनुहोस

सम्बन्धित खवर