• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

राजनीति भनेको व्यक्तिगत लाभ-हानी हेर्ने व्यवसाय होईन - तिलकराज भण्डारी

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन राष्ट्रिय सम्मेलनको संघारमा छ । सम्मेलनको तयारीका लागि देशैभर सम्मेलनहरु मार्फत सम्मेलनका प्रतिनिधिहरु छानिँदैछन् । सम्मेलनले क्रान्तिकारीको नयाँ नेतृत्व र नीति चयन गर्ने छ । फेरिएको परिवेशमा अखिलको नेतृत्व कस्तो हुनुपर्छ भन्ने बहस संगठनभित्र चलिरहेका बेला आधा दर्जन प्रतिस्पर्धी नेतृत्व दावी गर्दै मैदानमा उत्रिएका छन् । त्यसैमध्यका एक हुन्  उपाध्यक्ष तिलकराज भण्डारी जनयुद्धकालिन राजनीतिबाट खारिँदै हाल अखिल क्रान्तिकारीको उपाध्यक्ष रहेका भण्डारी कुशल संगठक मानिन्छन् । विचार र सिद्धान्तलाई बलियोगरि समातेर संगठनमा लगायन चाहाने उनी कम्युनिष्ट विचारधारा र सिद्धान्तलाई विद्यार्थीसँगठनहरुले व्यवहारमा लागू गर्ने वातावरण बनाउनु पर्ने कुरामा प्रतिवद्ध छन् । सिद्धान्त बुद्धिविलासका लागि मात्रै हुनुहुँदैन, त्यसलाई व्यवहारमा उतार्न सकिएन भने अन्य दल र माओवादीकाबीचमा भेद छुट्याउन सकिदैन भन्ने भण्डारीको बलियो मान्यता छ । त्यसैले आफू संगठनको भावी अध्यक्षमा चयन भएमा समाजवाद उन्मुख राजनीतिको बलियो खम्बा अखिल क्रान्तिकारी बनाउने बताउँछन् । प्रस्तुत छ समाचार दैनिकका लागि भण्डारीसँग  गरिएको कुराकानी : अखिल (क्रान्तिकारी)को आसन्न निर्वाचनमा तपाईं अध्यक्षको प्रतिस्पर्धामा उत्रिनु भएको छ, नेपालको विद्यार्थी आन्दोलनलाई अघि बढाउन तपाईंसँग के–कस्ता एजेण्डा छन् ? असोज १४ देखि १६ गते अखिल (क्रान्तिकारी)को सम्मेलन हुने भएको छ । यसबीच हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को नेतृत्वले पार्टीको महत्वपूर्ण संगठनका रुपमा अखिल (क्रान्तिकारी)मा नयाँ नेतृत्व आओस भन्ने चाहेको छ । पार्टीको भावि नेतृत्व पैदा गर्ने संगठनका रुपमा उसले यहाँबाट जल्दाबल्दा युवाहरु नेतृत्वमा आउन भन्ने चाहेको छ । विगत इतिहासले पनि के सिद्द गरिसकेको छ भने अखिल (क्रान्तिकारी) नै त्यस्तो संगठन हो, जसले जनयुद्ध र जनआन्दोलनमा आफूलाई सबै भन्दा धेरै होम्यो । अहिले म संगठनको जुन तहमा बसेर आफ्नो जिम्मेवारी पुरा गरिरहेको छ, त्यस संगठनलाई मैले आफ्नो पसिनाले सिन्चन गरेर यहाँसम्म आई पुगेको हो । संगठनका अधिकांश विद्यार्थी साथीहरुलाई के थाहा छ भने जनयुद्धका भिषणतम दिनहरुदेखि शान्ती प्रक्रिया हुँदै यहाँसम्म आई पुग्दा मैले संगठनमा एक दिन पनि बिदा नलिकन अनवरत काम गरेको छु । यस हिसाबले म स्वत: संगठनको नेतृत्वको हकदार हुँ । तर, यदि म भित्र पनि कमी कमजोरी रहेछन् भने त्यसको निक्र्यौल विद्यार्थी साथीहरुले निर्वाचनका माध्यमबाट व्यक्त गर्नु हुनेछ । तथापि एउटा स्वभाविक कुरा के हो भने कोही पनि मान्छे कमजोरीरहित भने हुँदैन । मैले नेपालको समग्र विद्यार्थी आन्दोलनलाई र त्यसमा पनि अखिल ९क्रान्तिकारी०लाई अघि बढाउन केही स्पष्ट खाका तयार पारेको छु । इतिहासको समिक्षा गर्दै भावि दिनहरुको राजमार्ग निर्माण गर्नका लागि मसँग मार्गचित्र छ । विद्यार्थी आन्दोलनलाई फराकिलो राजमार्गमा हिँडाउनका लागि मैले पेश गरेका ‘ब्लु प्रिन्ट’हरु विद्यार्थी साथीहरुलाई मैले भनि नै रहेको छु । त्यस हिसाबमा आउने निर्वाचनमा मलाई विद्यार्थी साथीहरुले नेतृत्वका रुपमा जिम्मेवारी दिनु हुनेछ भन्नेमा ढुक्क छु । विगतका नेतृत्वले विद्यार्थी आन्दोलनलाई कसरी अघि बढाउनु पर्ने थियो र उनीहरुले कस्ता कमजोरी गरे ? आसन्न निर्वाचनमा तपाईंलाई के आधारमा विद्यार्थीहरुले अध्यक्षका रुपमा छनोट गर्ने ? संगठनलाई नेतृत्व गर्नु भएका अग्रज नेताहरुका बारेमा हामीले आलोचनात्मक विचार राखे पनि उनीहरुको सार्वजनिक आलोचना गर्नु हाम्रो वैचारिक, राजनीतिक संस्कार होइन । संगठनका कमिटीहरुमा गरिने आलोचना र सार्वजनिक रुपमा गरिने आलोचनाबीच हामी स्पष्ट हुनै पर्छ । हामीले हाम्रो पार्टी नेतृत्व र संगठनको नेतृत्वले लिएका नीतिको आलोचना गर्नका लागि हामीबीच प्रयाप्त जनवादको अभ्यास छ । तर, सार्वजनिक मञ्चमा हामीले हाम्रो नेतृत्व प्रति गर्व नै गर्नु पर्ने हुन्छ । केही त्यस्ता कमजोरीहरु नभएका भने होइनन् । लाखौँ लाख विद्यार्थीहरुको नेतृत्व गर्ने संगठनको नेताका हैसियतले मैले भन्नै पर्ने हुन्छ– ती सबै विद्यार्थीहरुमध्ये कसैलाई पनि राज्यले काखा र पाखाको नीति लिन मिल्दैन । संविधानमा उल्लेख गरिएको शिक्षाको मौलिक हकलाई हामीले जुन सुकै मुल्य तिरेर भए पनि लागू गराउनै पर्नेछ । शिक्षा कसैको पनि व्यापारको क्षेत्र हुन सक्दैन । यो देशको भावि जनशक्ति र देशको भविष्यसँग जोडिएको विषय हो । यस्तो गम्भिर र महत्वपूर्ण क्षेत्रमा कसैको पनि व्यापारीक चाहनालाई अखिल ९क्रान्तिकारी०ले साकार हुन दिने छैन । शिक्षा र स्वास्थ्यको व्यापार न्युनतम लोककल्याणकारी राज्यमा त हुँदैन भने हामी समाजवादमा पुग्ने भनेको देशमा त्यस्तो झनै हुँदैन । संगठनलाई संघर्षशिल, चलायमान र स्वप्नद्रष्टा बनाउने मेरो इमानदार सोचले नै मलाई नेतृत्वमा ल्याउने छ भन्नेमा म विस्वस्त छु । शैक्षिक मुद्दालाई अघि बढाउन तपाईंका प्राथमिकता के–के हुने छन् ? हामीले हिजो जनयुद्धमा छँदा जनवादी शिक्षा भन्यौँ । अहिले संविधानमा उल्लेख गरेर समाजवादी बाटोमा जाने भन्दै गर्दा हामीले हाम्रो समाजवादी शिक्षाको आधार के हो भनेर भन्नै पर्ने हुन्छ । मैले कयौँ ठाउँहरुमा भन्ने गरेको छु– नेपालको समाजवादी शिक्षाको आधार भनेकै नेपालको जमीन हो । समाजवादी शिक्षाको आधार भनेकै नेपाली जनता हुन । समाजवादी शिक्षाको आधार भनेकै यहाँको प्राकृतिक स्रोत साधान हो । यसलाई लत्याएर हामीले यहाँको शिक्षाको आधारशिला खडा गर्न सक्दैनौँ । नेपालमा दलाल पुँजिवादको विकास गरेर हामी समाजवादको यात्रा पनि गर्न सक्दैनौँ । त्यसले हामीले समाजवादी शिक्षाको जग बसाउनै पर्ने बेला आएको छ । संगठनको मुल नेतृत्वमा आएसँगै मैले यस विषयमा काम गर्ने सोचेको छु । अध्यक्षका अघिकांश प्रत्याशीलाई पछि पार्दै निर्वाचनबाट संगठनको नेतृत्व गर्नु हुन्छ भन्ने तपाईसँग के आधार छ ? मैले २०५६ मा एसएलसीको परिक्षा दिएसँगै जनयुद्धमा सहभागी भएको हुँ । त्यसयताका २२ बर्षमा मैले कुनै पनि दिन राजनीतिमा गयल भएको छैन । यसबीच मैले राजनीतिलाई कहिल्यै पनि कमाई खाने भाडोका रुपमा बुझिन । यो संघर्ष र समाज परिवर्तन गर्ने त्यस्तो ज्वालामुखी हो जहाँबाट म रापिएर, खारिएर आएँ । राजनीतिमा अग्रजहरुको निर्देशनलाई जहिल्यै पनि पालना गर्दै, सहयोद्धा र कार्यकर्ताहरुको भावना तथा संघर्षलाई आफ्नै ठानेर नयाँ समाज निर्माणको सपनाका साथ निरन्तर संघर्षमा लागी रहेँ, जुन आज प्रयन्त जारी छ । यसबीच राजनीतिमा सम्लग्न सहयोद्धाहरुलाई परिवारका सदस्य ठानेरै अघि बढेँ । जहिल्यै सामूहिकता र ‘टिम वर्क’मा विश्वास गरेँ । व्यक्तिगत लाभ हानीलाई केन्द्रमा राखेर राजनीति गरेको छैन । मलाई लाग्छ यो नै मेरो राजनीतिक जीवनको सम्पत्ती हो । क्रान्ति र संगठनप्रतिको मेरो इमान्दारीता भन्दा ठूलो आधार अरु के नै हुन सक्छ र ?
प्रतिकृया दिनुहोस

सम्बन्धित खवर