वि.सं २०७७ चैत २९ आइतबार फोरेक्स युनिकोडमौसम

सहिद सप्ताहको चौथो दिन: यी हुन् जनयुद्धमा शहादत प्राप्त गर्ने केन्द्रीय नेता

सहिद सप्ताहको चौथो दिन: यी हुन् जनयुद्धमा शहादत प्राप्त गर्ने केन्द्रीय नेता

काठमाडौं । तत्कालीन माओवादीले २०५२ फागुनबाट जनयुद्धको घोषणा गर्‍यो । उक्त घोषणासंगै देशैभरी राजनीति तथा फौजी कारवाहीहरु तिब्र भए । राज्य व्यवस्था नै उल्ट्याउने अभियानमा हिडेको माओवादी र त्यो अभियानलाई सिध्याउन लागिपरेको सरकारका बीचमा आमुन्ने सामुन्ने हुनु स्वभाविक बन्यो ।

माओवादी जनयुद्ध सुरु भएको १४ औं दिन गोरखाका १४ बर्षिया बालक दिलबहादुर रम्तेललाई प्रहरीले गोली हानी हत्या गर्यो । जनयुद्धको पहिलो सहिद भए रम्तेल । उनीसंगै गोली लागेका एक जना बाँच्न सफल भए ।

त्यहि १४ फागुलाई आधार मानेर माओवादीले शहिद दिवसको रुपमा मनाउदै आएको थियो । पछिल्लो समयमा माओवादीले नै जनयुद्ध र झापा आन्दोलनलाई जोड्दै सहित दिवसलाई सहिद सप्ताहको रुपमा मनाउन थाल्यो । अझ पार्टी एकता भएपछि माओवादी जनयुद्ध र झापा आन्दोलन झनै नजिक भयो । त्यहि भएर नेकपाले १४ देखि २१ फागुनलाई शहिद सप्ताह मनाउदै आएको छ ।

जनयुद्धमा १७ हजार भन्दा बढी नेपालीको बलिदानी भएको छ । अधिकाँश राज्यद्धारा हत्या गरिएका छन् भने ५ हजारको हाराहारीमा माओवादीका तर्फबाट ज्यान गुमाएका छन् । जनयुद्धमा नेताकार्यकर्ताहरु देखि केन्द्री सदस्यसम्मको बलिदानी भएको छ । नेतृत्वमा पुगेका व्यक्तिहरुपनि क्रान्तिको समयमा युद्ध मैदानमा खटेर लडेका थिए ।

सामन्तवादले जकडिएको नेपाली समाजलाई मुक्त गर्न क्रान्तिमा हिडेका कयौं नेता कार्यकर्ताहरुले क्रान्तिमा नै बलिदानी दिए । परिवर्तनको सपना देखेर हिडेका नेता कार्यकर्ताहरुले आफ्न्त घरपरिवार नै नभेटेर शहिद भएका छन् । नेताहरुले आफ्ना सन्तान गुमाए ।

जनयुद्धमा सहिद हुने तत्कालिन नेकपा माओवादीका उच्च तहका नेता हुन् सुरेश वाग्ले ‘बासु’ । केन्द्रीय सदस्य र जनमुक्ति सेनाका आधा दर्जन भन्दा धेरै उच्च कमाण्डरहरुले पनि जनयुद्धमा ज्यान गुमाए ।

जनयुद्धमा माओवादी नेताले गरिबका छोरोछोरी होमिदिए, आफूचाँही सुरक्षित स्थानमा बसे, आफ्ना सन्तान विदेश पढाए, भन्नेहरुका लागि केन्द्रीय तहका नेताहरु र उनीहरुको सन्तानले नै ज्यान गुमाएको इतिहास ती आरोपहरु खण्डन गर्ने प्रमाण हुन् ।

१. सुरेश वाग्ले ‘वासु’
सुरेश वाग्लेको जन्म वि.सं. २०१० साल भदौ २४ गते गोरखा जिल्लाको आँपपीपलमा भएको थियो । उनी वैचारिक नेता थिए । उनी शिक्षण पेशा छोडेर पूर्णकालीन राजनीतिमा लागेका थिए । तत्कालीन नेकपा (माओवादी) का वैकल्पिक पोलिटव्यूरो सदस्य थिए क. बासु ।

उनी २०५६ भदौ २३ गते गोरखाको छोप्राकमा प्रहरीको कब्जामा परे । प्रहरीले उनको हत्या गर्‍यो । जनयुद्धमा शहादत प्राप्त गर्ने सबैभन्दा उच्च नेता हुन् वाग्ले ।

२. शेरमान कुँवर ‘विशाल’
शेरमान कुंवर ‘विशाल’को जन्म २०२५ साल असार ४मा सिन्धुलीको मरिणमा भएको थियो । २०३८ सालमा अनेरास्ववियू (छैटौं) का बाट राजनीतिक यात्रा सुरु गरेका थिए ।

तत्कालीन नेकपा (माओवादी)का केन्द्रीय सदस्य शेरमान कुँवर (विशाल) लाई २०६१ सालमा रोल्पाको थवाङमा भएको पार्टीको केन्द्रीय समिति बैठकबाट कार्यक्षेत्र फर्किदै गर्दा धनुषाको धनछवारमा तत्कालीन शाही सेनाले घर घेरा हालेर हत्या गरेको थियो ।

उनी माआवादीको सेनाको पूर्वी कमाण्ड अन्तर्गत छैटौं व्रिगेड कमिसारको जिम्मेवारीमा थिए । सिन्धुलीको मरिण निवासी कुँवर माओवादीका वैचारीक तथा फौजी नेता मानिन्थे । उनी संगठन बनाउन खट्ने देखि नेता कार्यकर्ताहरुलाई माया गर्ने नेतामा पर्थे ।

३. मोहनचन्द्र गौतम ‘कुमार’
माओवादीका वैकल्पीक केन्द्रीय सदस्य मोहनचन्द्र गौतम पनि सिन्धुली अमलेका हुन् । वि.सं. २०२२ साल वैशाखमा उनको जन्म भएको थियो । २०४६ सालबाट तात्कालीन मशालबाट सक्रिय राजनीति सुरु गरेका थिए ।

उनी २०६१ सालमा रोल्पाको थवाङमा भएको पार्टीको केन्द्रीय कमिटीको बैठकबाट फर्कदै थिए । २०६१ साल २० भदौमा धनुषाको धनछवारमा सेल्टर लिएर बसीरहेको घरलाई शाहि सेनाले घेरा हालेर हत्या गरेको थियो । उनी र विशाल संगै कार्यक्षेत्र फर्किएका हुन् ।

उनी सहित ६ जनालाई सेनाले घेर हालेर हत्या गरेको थियो । उनी त्यो समयमा सोलुखुम्बु र ओखलढुङगा दुई जिल्ला इन्चार्ज थिए । उनको पनि जिल्लामा मात्र होइन कार्यक्षेत्रमा पनि आम नेता कार्यकर्तासंग राम्रो सम्बन्ध थियो । सगठकको रुपमा उनको छवि रहेको थियो ।

४. किम बहादुर थापा ‘सुनिल’
वि.सं.२०१८ साल असारमा रोल्पाको गजुलमा उनको जन्म भएको हो । उनले पोखराको पृथ्वीनारायण क्याम्पसबाट आइकम पास गरे । आइकम पढेपछि गाउँकै विद्यालयमा १३ वर्ष शिक्षण पेशा गरेका थिए ।

२०६२ मंसिर १४ गते रोल्पा जिनावाङको मनिमारेमा जनमुक्ति सेना नेपालको प्रथम डिभिजन घोषणा हुदै थियो । माओवादी जनयुद्ध सुरु भएको ६ बर्ष भएको थियो ।

रोल्पा मानिमारेको ठूलो चौरमा प्रथम डिभिजनका योद्धाहरू आ–आफ्नो फर्मेसनबद्ध लाइनमा बसेका थिए । किम बहादुर थापा सुुनिल उक्त कार्यक्रमको उद्घोषक थिए ।

उनी उद्घोषक गरीरहेका थिए । उक्त कार्यक्रम स्थल नजिक तत्कालीन शाही सेनाको जासुस हेलिकप्टरले पटक–पटक फन्को मार्‍यो । अन्त उक्त हेलिकप्टरले हवाइ हमलामा सुरु गर्‍यो । उक्त हमलामा परी डिभिजन कमाण्डर किम बहादुर थापा सुनिल र बटालियन सह कमाण्डर झक्कुप्रकाश पुन शहिद भएका थिए ।

उनी नै पहिलो डिभिजन कमाण्डर थिए । पार्टीको केन्द्रीय सदस्य पनि थिए । उनी शहिद हँुदा जनयुद्ध उत्कर्षमा पुगेको थियो । त्यसको केहि बर्ष पछि १२ बुँदे सम्झौता हँुदै माओवादी शान्ति प्रक्रियामा आएको थियो । जनयुद्ध शान्तिप्रक्रियामा आउनु भन्दा केहि समय पहिला मात्र सुनिलको शहादत भएको थियो ।

५.रामवृक्ष यादव ‘मास्टरसाहेव’
रामवृक्ष यादवको जन्म धनुषा जिल्लाको बरमझियामा २००३ मा भएको थियो । विद्यार्थी जीवनबाट राजनीति सुरु गरेका थिए यादवले ।

वि.सं २०२९ सालमा नेकपा (चौम) मा जोडिएका थिए यादव । उनी तात्कालीन नेकपा (एकता–केन्द्र) को केन्द्रीय सदस्य थिए । मधेशमा भएका विभिन्न किसान संघर्षको नेतृत्व उनले गरेका थिए । २०५१ भाद्र १ गते संयुक्त जनमोर्चा नेपालले नेपाल बन्द गरेको थियो ।

२०५१ भाद्र २ गते तत्कालीन शाही नेपाली सेना तथा प्रहरीले नेपाली काँग्रेसको इसारामा उनको षड्यन्त्रपूर्वक हत्या गरेको सो पार्टीका नेताहरु बताउँछन् । माड्सावको नामले चिनिने यादव मधेशका लोकप्रिय नेता थिए । उनी जनयुद्ध घोषणा हुनुपूर्व शहादत प्राप्त गर्ने पहिलो केन्द्रीय सदस्य हुन् ।

६. रीतबहादुर खड्का ‘प्रताप’
रीतबहादुर खड्काकोे जन्म २०२८ भदौ १२ गते दोलखाको जुगुमा भएको थियो । सानै उमेरबाट कम्युनिसट राजनीतिमा झुकाव राख्थे खड्का । नेकपा माओवादीको २०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय समितिमा निर्वाचित भएका थिए सानै उमेरमा केन्द्रीय नेतृत्वमा पुग्ने नेता हुन् ।

बैचारिक तथा फौजी स्वभाव भएका नेता खड्काको केन्द्रीय समितिको बैठक सकेर फर्किने क्रममा २०५९ असार २ गते रौतहतमा हत्या भएको हो ।

७. नेपबहादुर केसी ‘परिवर्तन’
नेपबहादुर केसी रोल्पाको इरिवाङमा २०२८ साल पुस २९ गते भएको हो । उनी २०४६ सालको राजनीति परिवर्तन भन्दा पहिला विद्यार्थी राजनीतिमा आबद्ध थिए ।

नेपाल कम्युनिस्ट पार्टी माओवादीको स्वयंसेवक दल , लडाकु दल ,२०५५ सालमा जनमुक्ति सेनाको प्लाटुन कमाण्डर, ०५७ मा कम्पनी कमाण्डर र २०५८ मा बटालिएन कमाण्डर र ०५९ मा विग्रेड कमाण्डर तथा पार्टी केन्द्रीय सदस्य भए । २०६१ वैशाख ३१ गते उनको शहादत भएको थियो ।

८. तेजमान घर्ती ‘दीर्घ’
तेजमान घर्ती को जन्म २००७ सालमा रोल्पाको थवाङमा भएको थियो । साधारण जीवनशैलीका घर्ती पार्टीमा पनि इमान्दार नेताको रुपमा चिनिन्थे ।
२०२८ सालबाट कम्युनिस्ट राजनीतिमा लागेका थिए । उनी माओवादीका केन्द्रीय समिति सदस्य थिए । उनी एक वरिष्ठ कलाकार पनि हुन । गण्डक अभियानमा सेनाको पक्राउमा परेका घर्तीको २०१६ असोज २५ गते शहादत भएको थियो ।

९. दण्डपाणि न्यौपाने ‘दीपेन्द्र’
दण्डपासणि न्यौपानेको जन्म वि.सं. २००३ चैत्र १२ गते चितवनको गीतानगरमा भएको थियो ।

न्यौपाने नेकपा माओवादीले जनयुद्ध सुरु गर्दा पार्टीको केन्द्रीय सदस्य थिए । माओवादीमा उनलाई बौद्धिक नेताका रुपमा चिन्छन् ।

उनी अनेरास्ववियू क्रान्तिकारीको नेतृत्व तहमा छँदा २०५६ जेठ ७ गते काठमाडौंबाट गिरफ्तार भए । त्यसपछि उनी हालसम्म बेपत्ताको सूचिमा छन् । न्यौपाने जनयुद्धमा बेपत्ता पारिने सबैभन्दा उच्च तहका नेता हुन् ।

१०. कृष्ण सेन ‘इच्छुक’
पत्रकार, लेखक एवं साहित्यकार कृष्णसेन इच्छुक भारतको देहरादुनमा वि.सं. २०१३ साल कार्तिक ३ गतेका जन्मेका हुन ।

उनको पुख्र्यौली घर प्यूठान जिल्लाको साराङकोट हो । कक्षा १ देखि ८ सम्म दाङ जिल्लाको देउखुरीमा पढेका इच्छुकले एमए सम्मको अध्ययन गरेका थिए ।

इच्छुकका रचनाहरू इतिहासको यो घडीमा, बन्दी र चन्द्रागिरि, शोकाञ्जलि लगायतका झण्डै आधादर्जन कृती प्रख्यात छन् ।

उनी पञ्चायती संघर्षका क्रममा पटकपटक जेल परेका थिए । सेनलाई २०५९ साल जेष्ठ ६ गतेका ललितपुरबाट गिरफ्तार गरेर महेन्द्र पुलिस क्लबको हिरासतमा अमानवीय ढङ्गले यातना दिएर २०५९ जेष्ठ १३ गते हत्या गरेको थियो । जनपक्षीय पत्रकारिताकाे सम्मानजनक नाम इच्छुक सादा जीवन उच्च विचार भएका व्यक्तित्व थिए ।

चौतारा साँगाचोकगढी नपा–४ मा औधोगिक ग्राम बन्ने

आइपिओ निष्कासनका लागि लाइनमा कम्पनी, कुन कम्पनीले कति कित्ता आईपीओ माग ?

पाल्पामा थप १४ जनामा कोरोना संक्रमण

सत्ता उन्मादले प्रधानमन्त्रीले सत्य र असत्यको पहिचान गुमाए : नेपाल

पत्रकार महासंघको निर्वाचनले माओवादी निर्णायक शक्ति हो भन्ने पुष्टि गर्यो–पुन (भिडियोसहित)

ओलीलाई साथ दिन पहिला मलाई मनाउनु पर्छः यादव