वि.सं २०७७ चैत २९ आइतबार फोरेक्स युनिकोडमौसम

ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ निष्कासन मिति परिवर्तन

ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ निष्कासन मिति परिवर्तन

काठमाडौं । यही फागुन २३ गतेदेखि सर्वसाधारणका लागि जारी गर्ने भनिएको प्राथमिक शेयर (आईपीओ) निष्कासनको मिति परिवर्तन भएको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडको आग्रहमा आइपीओ निष्कासन मिति परिवर्तन भई दुई दिन अगाडि सारिएकाे हो । अब भने उक्त इन्स्योरेनसको आईपीओ फागुन २१ गते शुक्रबारदेखि खुला हुने भएको छ ।

अब यो आइपीओमा फागुन २१ गतेदेखि फागुन २६ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले १०० रुपैयाँ दरको कुल ६६ लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।

इन्स्योरेन्सले निष्काशन गर्न लागेको कुल ६६ लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषका लागि सुरक्षित छुट्टाइएको छ ।
कम्पनीले सर्वसाधारणका लागि ५९ लाख ४० हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो । शेयर लगानीकर्ताले १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत प्राथमिक शेयर जारी गर्न लागेको हो । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब ५४ करोड रुपैयाँ छ। आईपीओ बाँडफाँट पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

चौतारा साँगाचोकगढी नपा–४ मा औधोगिक ग्राम बन्ने

आइपिओ निष्कासनका लागि लाइनमा कम्पनी, कुन कम्पनीले कति कित्ता आईपीओ माग ?

पाल्पामा थप १४ जनामा कोरोना संक्रमण

सत्ता उन्मादले प्रधानमन्त्रीले सत्य र असत्यको पहिचान गुमाए : नेपाल

पत्रकार महासंघको निर्वाचनले माओवादी निर्णायक शक्ति हो भन्ने पुष्टि गर्यो–पुन (भिडियोसहित)

ओलीलाई साथ दिन पहिला मलाई मनाउनु पर्छः यादव