वि.सं २०७७ चैत २९ आइतबार फोरेक्स युनिकोडमौसम

उर्लाबारीमा प्रधानमन्त्रीले सम्झिए जाँड खाएको र माछा मारेको विगत

उर्लाबारीमा प्रधानमन्त्रीले सम्झिए जाँड खाएको र माछा मारेको विगत

झापा । मोरङको उर्लाबारीमा पुगेर प्रधानमन्त्री केपि शर्मा ओली ठट्यौली शैलीमा प्रस्तुत भएका छन् ।सन्थाल जातीको एकीकृत बस्तीको शिलान्यास गर्न उर्लाबारी पुगेका प्रधानमन्त्री ओली कार्यक्रमलाई सम्बोधन गर्दा रमाइलो रुपमा प्रस्तुत भएका हुन् ।

सम्बोधनको सुरुमै शहरी विकास मन्त्रीको परिचय गराएका उनले मञ्चमा आसिन सम्पुर्ण अतिथिको नाम नै उल्लेख गर्न भ्याए ।

पद सहित नाम भन्ने क्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्रीको मन्त्रालय र नाममा अड्किएर पर्यटन मन्त्री भने ।

मुख्यमन्त्री शेरधन राइको नाम उल्लेख गर्न बिर्सिए पछि उनले ए मुख्यमन्त्री त छुट्नुभएछ भन्दै पुनः सच्याए। १५ मिनेटको सम्बोधनमा पुरै ठट्टा मात्र गरेका प्रधानमन्त्री ओलीले सन्थाल जातिलाई १ लाख बराबरको बाजा किन्दिने प्रतिबद्धता जनाए ।

अब बन्ने नयाँ घरमा बाजा बझाउँदै रमाइलो गर्नुहोला । उनले भने, ‘सन्थाल जस्तो सोझो जाती अर्को हुँदैन । यो जातीसँग संगत गर्न निकै रमाइलो हुन्छ ।’

उनले बाल्यकालको स्मरण गर्दै माछा मारेको कथा समेत सुनाए । सन्थाल जाति सँग निकै नजिकको सम्बन्ध रहेको बताएका उनले सन्थाल भाषा सिकेपनि अहिले आउँदैन भन्दै पन्छिए ।

त्यतिमात्र हैन युवा हुँदा जाँड खाको कुरा नभन्ने भन्दै ठट्यौली गरे । कार्यक्रममा उनले हिजोआज युवाहरुले आइ लभ यू भनेर हौसला दिने गरेको बताउँदै दर्शकलाई हँसाउन खोजे ।

सो कार्यक्रममा १ सय ३ बर्षका बिरबहादुर पौडेललाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा कविता सुनाउँदै आफ्नो मन्तव्य सुरु गरेका सन्थाल जातिका प्रतिनिधि बुद्धिलाल सुरेन (सतारले) आफैहरुको धेरै दिन देखिको दुःखको आँसु आज पुछिएको बताए ।

राज्यको हरेक स्थानमा सन्थाल जातीको प्रतिनिधित्व हुनेमा उनले विश्वास व्यक्त गरे । उर्लाबारी नगरपालिका –८ मा ४ बिघाह १३ कठ्ठा जग्गामा १८ करोडको लगानीमा सार्वजनिक शौचालय र सामुदायिक भवन सहितका १ सय ३२ वटा घर निर्माण हुने भएका छन् ।

एकीकृत शहरी विकास कार्यक्रम अन्तर्गत नमुना बस्ती बन्न लागेको हो ।

चौतारा साँगाचोकगढी नपा–४ मा औधोगिक ग्राम बन्ने

आइपिओ निष्कासनका लागि लाइनमा कम्पनी, कुन कम्पनीले कति कित्ता आईपीओ माग ?

पाल्पामा थप १४ जनामा कोरोना संक्रमण

सत्ता उन्मादले प्रधानमन्त्रीले सत्य र असत्यको पहिचान गुमाए : नेपाल

पत्रकार महासंघको निर्वाचनले माओवादी निर्णायक शक्ति हो भन्ने पुष्टि गर्यो–पुन (भिडियोसहित)

ओलीलाई साथ दिन पहिला मलाई मनाउनु पर्छः यादव