5
Share
काठमाडौं । पूर्व मिस नेपाल शृंखला खतिवडाले विश्वकै चर्चित विश्वविद्यालय हार्वर्डमा पढ्ने भएकी छिन् ।
अमेरिकाको बोस्टनमा रहेको हार्वर्ड विश्वविद्यालयमा शृंखलाले अर्बान प्लानिङ (सहरी विकास योजना) विषयमा स्नातकोत्तरमा भर्ना पाएकी हुन्।
हार्वर्डबाट अध्ययनको लागि स्वीकृति पाएसँगै उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा खुसियाली साटेकी छन्।
उनले भनेकी छन्, ‘यो मेरा लागि अहिलेसम्मकै खुसीको कुरा हो। कसरी व्यक्त गरुँ!’शृंखला सन् २०१८ मा मिस नेपाल बनेकी थिइन्।
View this post on Instagram