वि.सं २०७७ चैत २९ आइतबार फोरेक्स युनिकोडमौसम

सरकार विप्लव वार्ता नाटकीय ढंगले सुरु–यस्तो थियो प्रतिवन्ध लगाउनुको कारण

सरकार विप्लव वार्ता नाटकीय ढंगले सुरु–यस्तो थियो प्रतिवन्ध लगाउनुको कारण

काठमाडौं । अन्ततः केपी ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपासँग छलफल सुरु गरेको छ । सरकारले वार्ता टोली गठन गरेसँगै विप्लव नेतृत्वको नेकपाले पनि दुई सदस्यीय वार्ता टोली गठन गरेपछि वार्ताको औपचारिक प्रक्रिया सुरु भएको हो ।

सरकारले विप्लवमाथि २०७५ साल फागुन २८ गते प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लगाए लगतै सरकारले चैत भित्र विप्लव नेतृत्वको नेकपा सकिने बताएको थियो ।
सरकारले प्रतिबन्ध लगाएसँगै विप्लव नेकपाले पनि विज्ञप्ती निकाल्दै चैत भित्र प्रतिबन्ध फुकुवा नगरे देखाइदिने भन्दै चेतावनी दिएको थियो ।

जब कि २८ फागुनमा नै नेपाल वैदेशिक रोजगार व्यवसायी संघको टोलीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले बम पड्काउने र पैसा असुल्ने समूहसँग वार्ता नगर्ने बताएका थिए । उनले विप्लव समूहसंग वार्ता गर्नुको औचित्य नै नभएको बताएका थिए ।

उनीहरुले गरेका क्रियाकलाप राजनीतिक हुन् ? ओलीले प्रश्न गरेका थिए । बम पड्काउने, आतंकित पार्ने, पैसा असुल्ने कुरा राजनीतिक हुन सक्दैन, जहाँ जहाँ धेरै पैसा छ भन्ने लाग्छ त्यहीँ बम हान्नेहरुसँग के को वार्ता ? उनीहरुलाई कानुन बमोजिम नियन्त्रणमा लिइन्छ , तर यस्तो भनेको दुई बर्ष पछि ओलीले नै वार्ता टोली गठन गरेका छन् ।

प्रतिबन्ध पछि दुबै पक्षले के के गरे ?
अर्ध भूमिगत राजनीति गदै आएको नेकपा विप्लव समूहले २०७४ माघ १० गते ललितपुरको नख्खुमा रहेको एनसेल टावरमा बम विस्फोट गराएको थियो । उक्त विस्फोटमा परेर तीन जना घाइते भएका थिए । घाइते मध्ये एक जनाको ११ गते मृत्यु भएको थियो ।

मृत्यु हुने सिंहप्रसाद गुरुङ थिए । लमजुङ स्थायी घर भएका गुरुङ केहीवर्ष देखि भैसेपाटी बस्दै आएका थिए । उनी २०६९ सालमा सिङ्गापुरका लाहुरे अवकाश प्राप्त सैनिक थिए ।
विप्लव नेतृत्वको नेकपा माथि प्रतिबन्ध लगाएपछि सरकार र विप्लवहरुबीच धेरै पटक झडप देखि भिडन्त सम्म भएका थिए ।

२०७५ साल १२ वैशाखमा विप्लवका कार्यकर्ताहरुले काठमाडौका विभिन्न ठाँउमा बम बनाउदा बनाउदै विस्फोट भयो । विस्फोटमा परेर ६ जना घाइते भएका थिए । घाइते हुने सर्वसाधारण र विप्लवका कार्यकर्ता थिए । सुकेधाराको सैलुनमा कुकर बम विस्फोट हँुदा कपन मिलनचोकका हरि खड्का र कपन चुनिखेलका सुरेन्द्र महर्जन र सैलुन संचालकजीतकुमार ठाकुरलगायत अरु दुईघाइते भएका थिए ।

घट्टेकुलोमा लोकमन्जरी कार्कीको घरमा बम बिष्फोट भएको थियो । उक्त विस्फोटमा परी एक जनाको मृत्यु भएको थियो । मृत्यु हुने प्रज्वल शाही थिए । उनी विप्लव निकट अखिल क्रान्तिकारीका सिटीइभिटीका इकाई अध्यक्ष थिए । घाइते हुने रविन केसी अखिल क्रान्तिकारी त्रिचन्द्र कलेजका इकाई अध्यक्ष थिए । केसीको ट्रमा सेन्टरमा उपचार भएको थियो । उनी अहिले डिल्लीबजार स्थित कारागारमा छन् ।

घाइतेमध्ये पाँचजनाको ओम अस्पताल र टिचिङ अस्पतालमा उपचार भएको थियो । त्यहि दिन सुकेधारा र घट्टेकुलोमा भएको विस्फोटमा परी अन्य दुई जनाको मृत्यु भएको थियो ।
त्यस्तै सोही दिन बलम्वुमा पनि शक्तिशाली बम बिष्फोट गराएको थियो । बिष्फोटमा परी स्थानीय बिक्रम लामा घाईते भएका थिए । उनकोे कलंकी स्थित सहिद मेमोरियल अस्पतालमा उपचार भएको थियो ।

सरकारले प्रतिबन्ध लगाएपछि २०७६ जेठ ८ गते विप्लवका एकजनाकार्यकर्ता प्रहरीद्धारा मारिएका थिए । भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका–२ स्थित मैयुङ्ग क्षेत्रको धोद्रे जङ्गलमा प्रहरीको गोलीलागेर विप्लवका कार्यकर्ता तीर्थराज घिमिरेको मृत्यु भएको थियो ।

त्यसपछि २०७६ असार २५ गते भोजपुर सदरमुकामको हटियामा भएको दोहरो भिडन्तमा दुईजनाको मृत्यु भएको थियो । प्रहरी र विप्लव समुहबीच भएकोे गोली हानाहानमा प्रहरी जवान सञ्जीव राई, विप्लव समुहका ओखलढुङ्गा सेक्रेटरी निर कुमार राई ‘प्रशान्त’को मृत्यु भएको थियो ।

सर्लाही इन्चार्ज कुमार पौडेलेको ०७६ असार ५ गते लालबन्दी–१, लखन्देही खोलादेखि पूर्वको जंगलमा प्रहरीले गोली हानी हत्या ग¥यो । हत्या ढाकछोप गर्न प्रहरीले पौडेल इन्काउन्टरमा मारिएको दाबी गर्दै आयो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रत्यक्ष कमान्डमा रहेको विशेष ब्युरोबाट खटिएको केडी साह नेतृत्वको घुमुवा टोलीले पौडेलमाथि गोली हानेको खबर बाहिरीएको थियो । राष्ट्रिय मानवअधिकार आयोगले गत कात्तिक ३ मा पौडेल हत्या आरोपितहरूलाई निलम्बन गरी फौजदारी कसुरमा मुद्दा चलाउन सरकारलाई सिफारिस गरेको थियो ।
२०७६ साल २ साउनमा धनगढी नगरपालिका ४, शहीदचोकस्थित निलम होटलमा विप्लवका कार्यकर्ता रामबहादुर सिंहले बोकेको बम विष्फोट भएको थियो । उक्त विस्फोटमा उनै सिंहको मृत्यु भएको थियो ।

विष्फोटमा सिंह लगायत पाँचजना घाइते भएका थिए । जसमा कञ्चनपुर बेलौरी–५ का लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव र धनगढी–४, बोराडाडीका केशवराज पाण्डे थिए ।
२०७७ साल २३ मंसीरमा मोरङको मिक्लाजुङ गाउँपालिका–१, बर्खे बस्ने राजेन्द्रकुमार श्रेष्ठको विप्लव पक्षका कार्यकर्ताद्वारा हत्या गरेका थिए । श्रेष्ठलाई सुराकी गरेको भन्दै यो समुहले हत्या गरेको विज्ञप्ती जारी गरेर जिम्मा लिएको थियो ।

प्रहरीले विप्लवमा नेता कार्यकर्ता माथि हिजोसम्म पनि धरपकड कायमै राखेको थियो । वार्ताको टेबुलमा बस्दासम्म पनि यो पार्टीमाथिको प्रतिबन्ध सरकारले हटाएको छैन ।

नेतृत्व नै जेल परे

हेमन्तप्रकाश वली ‘सुर्दशन’
काठमाडौंमा भएको बम विस्फोट पछि सरकार विप्लव प्रतिआक्रामक रुपमा प्रस्तुतभयो । त्यहिक्रमा विप्लवका बौद्धिक नेताको रुपमा चिनिने हेमन्तप्रकाश वलीलगायत ९ जनालाई २०७५ साल ९ चैतमा काभ्रेको खानीखोला गाउँपालिका ७ मिल्चेको बोरेनीबाट प्रहरीले गिरफ्तार गरेको थियो । वली मध्य कमाण्ड इञ्चार्ज थिए । गिरफ्तार पर्ने अन्यमा धर्मराज राजबहाक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित तामाङ, शङ्कर अधिकारी, देव घिमिरे, सञ्जीव कार्की र लोकेन्द्र खड्का रहेका थिए । केहि छुटी सकेका छन् भने वली अहिलेपनि नख्खु कारागारमा छन् । २०७४ फागुन १० गते बेलुका ललितपुरको नक्खु स्थित एनसेल कार्यालय अगाडि बम विस्फोट गराउँदा एक जनाको मृत्यु तथा दुई जना घाइते भएको घटनाको वलीले विज्ञप्ती निकालेर जिम्मा लिएका थिए ।

धमेन्द्र बास्तोला ‘कंचन’
विप्लवका बौद्धिक नेता धमेन्द्र बास्तोलालाई २०७७ साल २९ पुसमा प्रहरीले उपत्यकाको ललितपुरबाट गिरफ्तार गरेको थियो । उनी सरकारले वार्ता गर्ने भनेपछि गिरफ्तार परेका थिए । उनी उपत्यका ब्युरोलाई प्रशिक्षण् दिएर कार्यक्षेत्रमा फर्कने तयारीमा रहेको अवस्थामा गिरफ्तार भएका थिए । उनी विप्लव नेतृत्वको नेकपाका स्थायी कमिटी सदस्य ,पश्चिम कमाण्ड इन्चार्ज र विदेश विभाग प्रमुख थिए ।

चन्द्रबहादुुर चन्द ‘विरजंग’
३० असोज २०७६ सालमा दाङको राजपुर गाउँपालिका–४, मरेठाको जंगलबाट चन्द्रबहादुर चन्द लगायत २१ जना कार्यकर्तालाई गिरफ्तार गरेको थियो । राप्ती ब्युरो बैठक बसीरहेको स्थानमा प्रहरीले घेरा हालेर उक्त समुहलाई गिरफ्तार गरेको थियो ।
चन्द मध्यपश्चिम कमाण्ड इञ्चार्ज थिए । केन्द्रीय सदस्य एवम् राप्ती व्यूरो इञ्चार्ज सुवास बाँठा, युवा संगठनका केन्द्रीय अध्यक्ष पाटन जंगलीलगायत पनि गिरफ्तारीमा परेका थिए । चन्द विप्लवका आफ्नै दाइ हुन ।

माइला लामा
विप्लव नेकपाका केन्द्रीय सदस्य माइला लामा काठमाडौं उपत्यका व्युरो इन्चार्ज थिए । उनलाई प्रहरीले भक्तपुरको काँडाघारीबाट २०७६ साल ५ साउनमा गिरफ्तार गरेको थियो । उनीसँगै रेशम तामाङ पनि पक्राउ परेका थिए । माइला लामा अहिले नख्खु कारागारमा छन् । उनीमाथि पनि काठमाडौंमा भएका विस्फोटमा संलग्न भएको आरोप छ ।

ओम पुन
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय सदस्य एवं सेती–महाकाली ब्यूरो इन्चार्ज ओम पुनलाई प्रहरीले २०७७ साल ३१ असारमा गिरफ्तार गरेको थियो । उनलाई कैलालीको बैलीबाट गिरफ्तार गरेको थियो । उनीसँगै उनको श्रीमत पूर्णिमा धामीलाई पनि गिरफ्तार गरेको थियो । पुन अहिले धनगढी कारागारमा छन् ।

भरत बम
नेकपाका तत्कालीन पोलिटब्युरो सदस्य भरत बमलाई प्रहरीले बाँकेबाट २०७६ साल २५ वैशाखमा गिरफ्तार गरेको थियो । उनी गिरफ्तार हुदा उनको साथबाट ल्यापटप र केहि दस्तावेज फेला परेको प्रहरीले बताएको थियो ।केहि केन्द्रीय स्तरका नेताहरु विभिन्न समयमा गिरफ्तारी पछि अदालतको आदेशमा छुटेका छन् । केहि नेताहरुले विप्लवको नेतृत्वमा रहेको नेकपा छोडेका छन् । कयौ नेताहरु आन्तरिक कारवाहिमा परेका कारण निस्क्रीय छन् । केहि नेताहरु स्वाथ्यको कारण पार्टीबाट बाहिर नै बसेर काम गरीरहेका छन् ।

यो पार्टीका नेताकार्यकर्ताहरु विभिन्न समयमा २ हजारको हाराहारीमा गिरफ्तार भएका थिए । उनीहरु विभिन्न चरणमा छुटेका पनि छन् । तर कयौ नेताहरु पार्टीमा फर्कनुको सट्टा पार्टी छोडेर बसेका छन् ।

अहिलेपनि करिब २ सयको हाराहारीमा नेताकार्यकर्ताहरु जेलमा रहेका छन् । जे होस अन्तः सरकारले वार्ताको आह्वान गरेलगतै विप्लवलेपनि वार्ता टोली बनाउनु र वार्ताकोलागि राजधानी आउनु सकारात्मक हो । तर विप्लव वार्तामा आउनुमा सरकारको कारण भन्दा पनि उनको पार्टीको आन्तरिक कारण प्रमुख रहेको रानजीति विश्लेषक बताउछन् । उनका सबै नेता कार्यकर्ताहरु धमाधम गिरफ्तार पर्नु र केहि पुराना नेताहरुले पार्टी छोड्नु प्रमुख कारण रहेको बुझाइ राजनीति विश्लेषकको छ ।

चौतारा साँगाचोकगढी नपा–४ मा औधोगिक ग्राम बन्ने

आइपिओ निष्कासनका लागि लाइनमा कम्पनी, कुन कम्पनीले कति कित्ता आईपीओ माग ?

पाल्पामा थप १४ जनामा कोरोना संक्रमण

सत्ता उन्मादले प्रधानमन्त्रीले सत्य र असत्यको पहिचान गुमाए : नेपाल

पत्रकार महासंघको निर्वाचनले माओवादी निर्णायक शक्ति हो भन्ने पुष्टि गर्यो–पुन (भिडियोसहित)

ओलीलाई साथ दिन पहिला मलाई मनाउनु पर्छः यादव