232
Share
काठमाडौं । सरकार र विप्लव समूहबीच आज भएको वार्ता सकिएको छ ।
नेपाल सरकार र विप्लव समूहबीच भएको पहिलो चरणको वार्ता बुधबार विहान सम्पन्न भएको वार्ता सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले ट्वीटरमार्फत जानकारी दिएका छन् ।
उनले आज भएको वार्ता सकिएको छ, सकारात्मक दिशाउन्मुख भएको बताएका छन् ।
स्रोतका अनुसार वार्ता प्रधानमन्त्री निवास बालुवाटारमा भएको हो । तर दुबै पक्षले वार्ता स्थान गोप्य राखेका छन् ।
मंगलबार मात्र सरकारले गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई तथा विप्लव समूहले सचिवालय सदस्य खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र केन्द्रीय सदस्य उदयबहादुर चलाउने ‘दिपक’ रहेको वार्ता टोली गठन गरेको थियो ।