1
Share
काठमाडौँ । संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको छ । बुधबारदेखि काठमाडौंको सिभिल अस्पतालमा सांसदहरूलाई खोप लगाउन सुरु गरिएको हो । बुधबार बिहानै सभामुख अग्निप्रसाद सापकोटा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, दाहाल प्रचण्ड, माधव कुमार नेपाल, सांसद पूर्णाकुमारी सुवेदीलगायतले खोप लगाएका थिए ।
खोप अभियानको स्वास्थ्य मन्त्री ह्देयश त्रिपाठीले निरिक्षण गरेका थिए । सचिवालयले सरकारसँग सहकार्य गरेर सांसद र संसद् भवनभित्र प्रवेश गर्ने कर्मचारी र मर्यादापालकलाई समेत खोपको लगाउने व्यवस्था मिलाएको छ ।
सांसद, कार्यव्यवस्थामा रहेका अधिकारी र मर्यादापालक एवं कर्मचारी गरेर करिब एक हजार ४ सयभन्दा बढीका लागि खोप व्यवस्था गरिएको बताइएको छ ।