4
Share
मुम्बई । बलिउडका निर्देशक अनुराग कश्यप, अभिनेत्री तापसी पन्नू तथा निर्माता मधु मनटेनाको घरमा भारतको आयकर विभागले छापा मारेको छ ।
यो छापामारी फेन्टम फिल्मको ट्याक्स छलिको आरोपमा गरिएको भारतीय मिडियाले जनाएको छ ।
आयकर विभागका सूत्रका अनुसार ट्याक्स चोरीको बारेमा फेन्टम फिल्मसँग सम्बन्धित मानिसमा आयकर विभागको छापामारी भएको छ ।
यसमा अनुराग कश्यप, तापसी पन्नू, विकास बहल र अन्य समावेश छन् ।विभिन्न मानिसलाई पनि फेन्टम फिल्मद्वारा कर चोरी सम्बन्धमा खोजिरहेको छ ।
आयकर विभागको टीम मुम्बई,पूणेसमेत २० स्थानमा एकै पटक छापा मारिरहेको छ ।