4
Share
काठमाडौं । चीनसँगको उत्तरी नाका तातोपानीबाट पहिलो पटक रसायनिक मल आयात भएको छ ।
यसअघि भारतसँग रसायनिक मल आयात हुने गरेकोमा पहिलोपटक उत्तरी नाका तातोपानीबाट पनि मल आयात भएको हो ।
ट्रान्सपोर्ट कम्पनिले फागुन २३ गते पहिलोपटक साल्ट ट्रेडिङका लागि सिल्क मल आयात गरेको हो । साल्ट ट्रेडिङले उत्तरी नाकाबाट ४ हजार टन अर्थात ८० हजार बोरा मल आयात गर्दैछ ।
कृषि मन्त्रालयका सह–सचिव कञ्चनराज पाण्डेले उत्तरी नाकाबाट परीक्षणका लागि सानो परिणाममा मल ल्याइएको जानकारी दिए । तातोपानीबाट मल ल्याउँदा प्रतिकेजी २ देखि ३ रुपैयाँ सस्तो पर्ने बताइएको छ । किसानले प्रतिकेजी करिब १८ रुपैयाँमा मल खरिद गर्न पाउनेछन् ।
तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले कन्टेनरको राम्रो सुविधा भए १ महिनामै सबै मल आईसक्ने विश्वास व्यक्त गरे ।