वि.सं २०७८ जेठ ३१ सोमबार फोरेक्स युनिकोडमौसम

'योङ ग्लोबल लिडर्स' मा निर्वाण चौधरी

'योङ ग्लोबल लिडर्स' मा निर्वाण चौधरी

काठमाडौं । वर्ल्ड इकोनोमिक फोरम अन्तर्गतको ‘योङ ग्लोबल लिडर्स फोरम क्लास, २०२१’ का लागि निर्वाण चौधरी छनोट भएका छन्।

नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीका जेठा छोरा तथा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी छनोट भएका हुन्।

फोरममा छनोट भएपछि निर्वाणले विश्वस्तरीय मञ्चमा सहभागी हुन पाउँदा हर्षविभोर भएको बताए। उनले आउँदो विश्वलाई सुखी र समृद्ध बनाउन प्रयासरत यो ब्याचका मेधावी सदस्यहरूसँगको अन्तक्र्रियाबाट धेरै कुरा सिक्ने अवसर पाउने र आउने पिढीका लागि समुन्नत समाज निर्माणमा सघाउने बताए। निर्वाण टेलिकम्युनिकेसन, बैंकिङ, रियल–स्टेट, खाद्यवस्तु उत्पादनलगायत क्षेत्रमा बढी सक्रिय छन्। आफ्नै पौरख र क्षमताले विश्वमा सकारात्मक प्रभाव छाड्न सफल युवाहरूलाई फोरमले नेतृत्व विकास कार्यक्रमका लागि विश्वभरबाट गोलबन्द गर्दै आएको छ,

फोरममा १ सय २० भन्दा बढी मुलुकका १ हजार ४ सय सदस्य–पूर्वसदस्य छन्। जसमा कतिपय सदस्य सरकार प्रमुख, ‘फच्र्युन ५०० कम्पनी’ का कार्यकारी, नोबेल र ओस्कार विजेता, राष्ट्रसंघका सदभावना दूतलगायत छन्।

 

इजरायलका प्रधानमन्त्री नाफतली बेनेटलाई अमेरिकी राष्ट्रपतिद्वारा बधाई

सुशान्तको ‘पूण्यतिथि’ मा भावुक भएका फ्यान लेख्छन्–यो मुस्कुराइरहेको तस्बिरलाई के थाहा, हेरेर हामी कति रोयौँ ’

साउथ अभिनेत्री सामन्थालाई नेटफ्लिक्समा ८ करोड अफर !

दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो

फ्रेन्च ओपन टेनिसको उपाधि नोभाक जोकोभिचलाई

कोपा अमेरिका फुटबल – अर्जेन्टिना र चिली आमने सामने हुँदै