वि.सं २०७८ साउन १९ मङ्गलबार फोरेक्स युनिकोडमौसम

मोडलिङमा ‘साइड बिजनेश’ पनि चाहिन्छ – मोडल ,सृष्टि खड्का (भिडियोसहित)

मोडलिङमा ‘साइड बिजनेश’ पनि चाहिन्छ – मोडल ,सृष्टि खड्का (भिडियोसहित)

पिरतीले सताएर रुम कि हाँसुम भैछ
हे सबले भन्छन् हाम्रो जोडी राधा कृष्ण झैछ
ढाटे भए मरिजाम कहाँ जान्छ जुरेरी किन गीत गाउँदैन
तिम्रो जति माया त ‘लालुमै’ किन होला कसैले लाउदैन

गायिका बिष्णु माझि र गायक सन्दिप न्यौपानेको आवाजमा करिब दुई वर्ष अगाडी रिलज भएको यस गीतले आजसम्म तीन करोड भ्युज पाइसकेको छ । यसै गीतमा चर्चामा आएकी मोडल हुन् सृष्टि खड्का । उनी यस गीतलाई आफ्नो जीवनको ‘ट्रर्निङ पोइन्ट’ मान्छिन् । उनै मोडल खड्कासँग समाचार दैनिककी आयुष्मा बस्नेतले गरेको सम्वाद :

मोडलिङ यात्रा कस्तो भइरहेको छ ?
आजसम्म राम्रो नै चलिरहेको छ । पछिल्लो समय रफ्तारमा म्युजिक भिडियोमा काम गरिरहेको छैन ।

म्युजिक भिडियो बाहेक अरु काम पनि गर्नु हुन्छ ?
केही समयमदेखि मोडलिङ भन्दा अन्य व्यवसाय पनि गर्नुपर्छ भन्ने महसुस भएको छ । मोडलिङ भन्दा अन्य काममा पनि संलग्न छु ।

मोडलिङमा मात्र लागेर जीवन चलाउन असम्भव लागेर हो ?
असम्भव लागेर होइन तर जीवन चलाउनको लागि एउटा ‘साइड बिजनेश’ पनि आवश्यक हुने रहेछ ।

व्यपसायीक जिवनबारे थप चर्चा गर्नुअघि अलिकति बाल्यकालको सम्झना गरौं, तपाईको बाल्यकाल कस्तो थियो ?
मेरो बाल्यकाल आधा काठमाडौं र आधा सर्लाहीमा बित्यो । अहिले म काठमाडौंमा आमाको साथमा बस्छु । अन्य व्यक्तिहरुको जस्तै सामान्य मेरो बाल्यकाल नि रमाइलो साधारण रुपमै बित्यो ।

मोडल नै बन्छु भन्ने सपना थियो कि अरु कसैको प्रेरणबाट यो क्षेत्रमा आउनु भएको हो ?
मेरो सपना नर्स बन्नु थियो । तर अधुरो रह्यो । मोडल बन्ने मेरो सपना होइन भनिन्छ नि भाग्यमा लेखेको कुरा जहाँबाट भएपनि हुन्छ त्यस्तै मेरो भाग्यमा पनि यही क्षेत्र लेखेको थियो । जसको कारण आज म यही क्षेत्रमा सक्रिय छु ।

नर्स बन्ने सपना अधुरो भएपनि यो क्षेत्रमा सफल हुँदै गर्दा कस्तो महसुस गर्नु भएको छ ?
नर्स नै बन्न भनेर काठमाडौं आएकी हुँ तर अहिले यो क्षेत्रमा मोडलको रुपमा आफ्नो नाम स्थापित भइरहँदा खुसी लाग्छ । अहिले नर्स नबनेर राम्रै गरेछु जस्तो महसुस हुन्छ ।

नाम कमाउदै गर्दा यो क्षेत्रमा लाग्न कतिको सहज छ जस्तो लाग्यो ?
कुनै पनि क्षेत्रामा काम गर्न सहज हुँदैन । तर सहजता आफँैले बनाउने हो संघर्ष हरेक क्षेत्रमा गर्नु नै पर्छ ।

नर्सको सपना भुलेर मोडलिङमा लाग्दा कुनै बेला सपना भन्दा विपरित क्षेत्रमा लागेर गलत गरेछु भन्ने दिन आयो कि आएन ?
मलाई त्यस्तो दिन कहिले पनि आएन । किन भने मैले यो क्षेत्रलाई माया र मेहेनत गरे । यो क्षेत्रले नै मेरो पहिचान बनायो ।

विशेष गरी तपाईलाई ‘लालुमै’ गीतले चिनायो त्यो दिनको सफलतालाई अहिले कसरी सम्झनु हुन्छ ?
लालुमै गीत आउनु भन्दा अगाडी पनि धेरै म्युजिक भिडियोमा काम गरेसकेको थिएँ । लालुमैलाई हाम्रो स्रोता तथा दर्शकले यति धेरै माया गर्छन भनेर मैले सोचेको थिइन् । मेरो जीवनको ‘ट्रनिङ पोइन्ट’ नै त्यही गीत थियो । धेरै खुसी लाग्छ आज पनि आफूले गरेको कामले यति धेरै सफलता पाएको छ ।

पछिल्लो समय टिकटकमा गीतका टुक्राहरुबाट धेरै भिडियो बन्यो भने भाइरल भएको भनिन्छ तपाई यसलाई के भन्नु हुन्छ ?
त्यो भनेको सीमित क्षेणको लागि गीत रुचाइएको हो । गीतको केही अंश चल्यो भन्दैमा त्यसलाई भाइरल भएको भन्न मिल्दैन । क्षणिक खुसीले सफलताले भविष्य देखाउँदैन म यसलाई सामान्य रुपमा लिन्छु ।

अफगानिस्तानको प्रान्तीय राजधानी कब्जा गर्ने तालिबानको कोसिस

पार्टीको विवाद मिलाउन एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता नेपालबीच आज भेटवार्ता

ब्राइटनका डिफेन्डर एडम वेबस्टरले गरे क्लवसंगको सम्झौता नविकरण

सबै विद्यालय बन्द गर्न तनहुँ प्रशासनको निर्देशन

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

तपाईंको आज : साउन १९ गते मंगलबार विशेष राशिफल